११ भाद्र, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
१२ दिनको प्रहरी हिरासत बसाईपछि सञ्चारकर्मी रवि लामिछाने काठमाडौं फर्किएका छन् । १२ बजे चितवनबाट काठमाडौंका लागि उडेका रविसहितको टोली दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । काठमाडौं आउने सूचना पाएसँगै रविका समर्थकहरु विमानस्थल पुगेका थिए । समर्थकले पञ्चे बाजासहित रविलाई काठमाडौमा भव्य स्वागत गरेका थिए ।

रविलाई लिन विमानस्थल पुग्ने फ्यानहरुको बाक्लो उपस्थिति रहेको थियो । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएपछि रविसहितका तीन जनालाई प्रहरीले काठमाडौंबाट चितवन लगेको थियो । अदालतले पाँच लाख धरौटीमा लामिछानेलाई साधरण तारेखमा रिहा गरेपछि चितवनमा मंगलबार धन्यवाद सभा गरि उनि बुधवार काठमाण्डौ फर्किएका हुन । उनको धन्यवाद सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया