
११ भाद्र, कतार
नेपालीको आवाज अनलाईन न्युज डेस्क
कतारको एक प्रतिष्ठित नासर अल अलि ईन्टरप्राईजेज कम्पनीमा विगत १० वर्षदेखि कार्यरत दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङले जनही १५ हजार रियाल इनाम पाएका छन् ।
इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् चौधरी र गुरुङले इद अलअधाको उपलक्ष्यमा नासर अल अलि ईन्टरप्राईजेज कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन् । नासर अल अलि ईन्टरप्राईजेज आइएसओ प्राप्त कतारकै प्रतिष्ठित कमपनी हो ।
सन् २००९ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका दाङ निवासी चौधरी कामप्रतिको इमान्दारिता र लगावको कारण एक सक्षम ट्रेड वर्करसमेत भइसकेका छन् । दुई छोरा र एक छोरीका पिता चौधरीले नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरेर नै घर जग्गा जोड्न सफल भएका छन् ।
यस कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका चौधरी कम्पनीको मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफु पराई भूमिमा भएजस्तो पनि नलागेको बताए । उनले आफुले प्राप्त गरेको इनाम रकम घरखर्च लगायत छोराहरुको पढाईमा खर्च गर्ने बताए ।
ताप्लेजुङ निवासी कृष्णबहादुर गुरुङ पनि हेल्परमै सोही कम्पनीमा आएका हुन् अहिले कृष्णबहादुरले नजानेको काम भनेको केहीपनि छैन उनी सवै काममा दख्खल भइसकेका छन् । अल नासर इन्तरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइसकेका छन् । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना एक छोरा र एक छोरीलाई राम्रो शिक्षदिक्षा प्रदान गरेका छन् भने घरको आर्थिक स्थिति पनि राम्ररी सुधारेका छन् ।
कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको कृष्णबहादुरले बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । आफनो लागि यो रकम ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराछोरीको पढाइमा समेत खर्च गर्ने बताए । नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरिरहदा आफुले आर्थिक प्रगति गर्न र मनग्य सिप आर्जन लगायतको दुई महत्वपुर्ण उपलब्धी हासिल गरेको बताए ।
नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुहरुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्ने रहेछ भन्ने आफुहरुलाई पुर्ण विश्वास लागेको इनामका भागिदार चौधरी र गुरुङ दुवैको भनाई थियो ।
कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेका छन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै पुरस्कार, इनामहरुबाट लाभान्वित भईसकेका छन् । कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सवै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेका छन् । source: janasawal.com