
१२ भाद्र, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
अर्थमन्त्री युवराज खतिवडा बैंकहरुले शुरुमा सस्तो र दुई, तिन महिनामानै उच्च ब्याजदर बढाएको प्रति रुष्ट देखिएका छन् । बैंकहरुले शुरुमा सस्तो ब्याजदरको आश देखाउने र केही महिनाभित्र त्यसलाई बढाएर लैजाने व्यापाक गुनासो आईरहेका बेला अर्थमन्त्रीको भनाई आएको हो ।
बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्रीले भन्नुभयो, ‘अहिले एकल अंकको व्याजमा ग्राहकलाई ऋण दिने, २\४ महिनापछि तिनै ऋणीलाई ब्याज बढाएर खेलबाड गर्ने काम नगर्नुहोला ।’ राष्ट्रिय वाणिज्य बैंकलाई पनि सचेत गराए। उनले बचत कर्तालाई न्याय दिन निक्षेपको ब्याजमा पनि खेलवाड गर्न नहुने बताउनु भयो ।
बैंकहरुले तत्काल एकल अंकमा ऋणको व्याज झार्न नसकिने बताइरहँदा अहिले गाडी किन्न भने ९ प्रतिशत व्याजमै ऋण दिएको भन्दै उहाले गम्भीर बन्न आग्रह गर्नुभयो । नाडा अटो शोमा स्टल राखेका बैंकहरुले ९ प्रतिशतमै सवारीसाधन कर्जाको योजना ल्याएका छन्।
राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबैभन्दा कम रहेकोप्रति अचम्म मान्दै उहाले भन्नुभयो, ‘कतै निक्षेपकर्तामाथि पो अन्याय भएको हो किरु, त्यसमा पनि विचार पुर्याउनुहोला।’