महेश पाण्डे
१२ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर नगरपालीका कार्यालय, चितवनको आयोजनामा सौराहामा आज (बिहिबार) सौराहा पर्यटकीय क्षेत्रमा लागु गर्ने भवन निर्माण मापदण्ड सम्बन्धि सुझाव संकलन तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व अर्थमन्त्री शुरेन्द्र पाण्डेले भने “हालका दिनमा ब्यवसायी नेता भएका कारण ब्यवसायमा समस्या भयो” उनले सौराहामा ४ वर्ष अगाडी देखि निर्माण गर्ने भनिएको सभाहल जग्गा बिवादका कारण समस्या भएको तर अहिले सबै पक्रिया मिली टेण्डर प्रक्रियामा गईसकेको बताउदै अब बन्ने कुरामा ढुक्क हुन आग्रह गरे । त्यस्तै सौराहामा भन्दा पश्चिम चितवनमा धेरै पर्यटक गए भन्ने प्रश्नमा पाण्डेले भने पहिला क्वालिटीको होटल बनाउनुस र सेवा सुविधापनि त्यस्तै दिनुस पर्यटक आफै बढ्नेछन । पाण्डेले सौराहमा आउने पर्यटक बेलुका ९ बजेनै सुत्न आएका होईनन उनिहरु रमाईलो गर्न आएका कारण अब २४ सै घण्टा खोल्नुपर्ने बताए त्यस्तै पर्यटकीय क्षेत्रमा प्रहरीको पनि आवश्यकता नभएको बताउदै बरु निस्चित स्थान र दायरामा राख्नुपर्ने कुरामा जोडदिए ।

कार्यक्रमका सभापति तथा रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले सौराहाको बिकासको लागि र समस्या समाधानका लागि आफु सधै तयार रहेको र आजको कार्यक्रमको उद्देश्यपनि त्यहि भएको बताउदै उनले भने “सौराहाको बिकासको लागि मैले केहि समय अघि पर्यटन पन्त्रि तथा भ्रमण वर्ष २०२० का संयोजकसंग पनि भेटेर सौराहाको लागि मैले केहि नया उपाहार दिनुस भनेको छु” । त्यस्तै उनले हामी सेवक हौं सासक होईनौ भन्दै सौराहामा आउने पर्यटकलाई लामो समय बस्ने माहोल बनाउन आफु लागि परेको बताए ।

होटल एसोसियसन अफ नेपाल, सौराहाका अध्यक्ष सुमन घिमीरेले ०७५÷०७६ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्न १ लाख ८७ हजार पर्यटक आएकोमा सौराहामा त्यसको ८२ प्रतिशत मात्र आएको र हालका दिनमा सौराहामा दैनिक ७ हजार पर्यटक बस्न सक्ने क्षमता भएकोमा दैनिक ६०० मात्र पर्यटक मात्र मुस्किलले हुने गरेको बताए । उनले अब भ्रमण वर्षलाई सहयोग पुर्याउन र करिब ४ लाख पर्यटक भित्र्याउन घुमौ सौराहा अभियान चलाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै पर्यटन ब्यवसायी बाशु ढुङ्गानाले सौराहामा वातावरणीय कुरा र स्थानिय कला र संस्कृतीलाई छोड्ने माहोल बन्यो भने त्यो आत्मघाती कदम हुने बताए । हालका दिनमा निकुञ्ज प्रवेश गर्दा १ दिनको टिकक सोहि दिनमा मात्र कामलाग्ने र अरुदिन काम नलाग्ने भएकाले १ पटक काटेको टिकट कम्तिमा ३ दिनको लागि काम लाग्ने हुनुपर्ने बताए ।

अर्का पर्यटन ब्यवसायी दिपेन्द्र खतिवडाले नगरपालीकाले होटलहरुमा एउटै किसीमको रङ लागाउने बिषय स्वागत योग्य भएको तर यसका लागि कुनै कम्पनीले सहुलीएतमा दिए त्यो उत्तम हुने बताए । कार्यक्रममा बोल्ने अधिकांस ब्यवसायीले सौराहामा ढल ब्यवस्थापन नभएको, हिलोले गर्दा हिड्न गाह्रो भएको, पानीको समस्या भएको लगाएतका समस्याहरु राखेका थिए ।

साैराहा पर्यटकीय क्षेत्रमा लागू गर्ने भवन निर्माण मापदण्ड स्मबन्धी सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रमकाे प्रत्यक्ष प्रशारणअायाेजक: रत्ननगर नगरपालिका, चितवनस्थान: साैराहा

Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Mittwoch, 28. August 2019

तपाईको प्रतिक्रिया