
१५ भदौ, रत्ननगर
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवनको रत्ननगरमा रहेको ईलाका प्रहरी कार्यलय टांडीमा नया प्रहरी नायव उपरिक्षक भावेश रिमाल आएका छन् । गत भदौ ११ गते सप्तरीबाट सरुवा भई उनि टांडी आएका हुन । टांडी आएपछि नेपालीको आवाज अनलाईनसंग कुराकानी गर्दै उनले भने “पुर्वी क्षेत्रमा हालका दिनमा लागु औषधमा लाग्ने युवाहरु धेरै भएको सुने तर म भन्न चाहान्छु यदि कुनै युवा दुई पोका गांजा खायो भनेर समातियो भने उसलाई मुद्धा चलाउने भन्दापनि उसलाई सचेत गराउन सकियो भने यो कुरा प्रभावकारी हुन्छकी भन्ने मलाई लाग्छ त्यसैले युवालाई लागु औषधबाट टाढा राख्ने प्रयास गर्नेछु ।”
उनले अबका दिनमाा रत्ननगर नगरपालिका, यहाका स्थानिय सामानिक संघ संस्था, क्लबहरु, स्कुल, कलेज लगाएतका संस्थाहरुसंग सहकार्य गरेर जनचेतना मुलक कार्यक्रम गर्ने बताएका छन् । शान्ति सुरक्षा कायम गर्न आफु सधै तत्पर रहेको बताउदै प्रहरी मेरो साथी भन्ने भावना जगाउन आफु सधै तत्पर रहेको बताए ।