शरद रेग्मी
भदौ १५, तुलसिपुर
नेपालीको आवाज अनलाईन न्युज डेस्क

राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा राजनीति नगर्न तुलसिपुर उधोग बाणिज्य सङघले सम्बन्धित सबैमा अनुरोध गरेको छ । यस क्षेत्रका जनताहरुको स्वास्थ सेवा र भबिस्य सङग जोडिएको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानलाई विभिन्न बहानामा अबरोध श्रृजना गर्ने जोकोहि लाई पनि दङगालि जनताले नछाड्ने बिज्ञप्तिमा जनाईएको छ ।
आईतबार आयोजित नियमित बैठकमा बोल्दै तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतले भन्नुभयो “कहिले प्रतिष्ठान कार्यालय भित्र बाट त कहिले विभिन्न राजनीतिक दलहरुको आडमा प्रतिष्ठानको बिकास हुन नदिने समुहको पहिचान दङगालि जनताल गर्नुपर्छ । अब पनि दाङको स्वास्थ ,शिक्षा र अन्य क्षेत्रको बिकास नभए कहिले हुन्छ अध्यक्ष रावतले भन्नुभयो लामो समय देखि प्रतिष्ठानमा भैरहेका विभिन्न गतिविधि प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्यबसायिहरु यश क्षेत्रको बिकास चाहान्छौ अब छिटोभन्दा छिटो प्रतिष्ठानले निकास पाउनुपर्छ अध्यक्ष रावतले भन्नुभयो ।

कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले तुलसिपुर उपमहानगरपालिकाले हरेक क्षेत्रमा अत्यधिक चर्काे ब्यबसायिक कर लगाएको भन्दै तत्काल बाणिज्य सङघले पहलकदमि लिनुपर्नेमा जोड दिएका थिय ।उनिहरुले छिमेकी उपमहानगरपालिकाहरुको तुलनामा धेरै नै बढि ब्यबसायिक कर लगाएको भन्दै साना ब्यबसायिहरु अत्यधिक मारमा परेको बताएका थिय । कार्यक्रममा सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत,निबर्तमान अध्यक्ष बिमल रिजाल ,सल्लाहकारहरु सुरेश हमाल,नारायण प्रसाद खनाल,प्रेस सल्लाहकार शरद रेग्मी ,लायन्स क्लब दाङका अध्यक्ष यज्ञबहादुर केसि,रोटरि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष देबबहादुर केसि लगायतकाले बोल्नुभएको थियोे ।सो अबसरमा नबनिर्बा्चित दुबै जना केसि अध्यक्ष हरुलाई बाणिज्य सङघले सम्मान गरेको थियोे ।कार्यक्रमको सहजिकरण महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया