१६ भाद्र, सोमबार
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

बाहुबली नायक अभिनेता प्रभासको फिल्म साहोले खराब रिभ्युका बाबजुत बक्स अफिसमा धमाकेदार कलेक्सन गर्न सफल भएको छ ।

बलिवुडका फिल्म विश्लेषक तरण आदर्शका अनुसार साहोले रिलिजको पहिलो दिन शुक्रबार २४ करोड ४० लाख कलेक्सन गरेकोमा शनिबार २५ करोड २० लाख कलेक्सन गरेको छ ।
साहोले दूई दिनमा हिन्दी भाषाको रिलिजबाट मात्र ४९ करोड ६० लाख कलेक्सन गरेको छ । आइतबारको कलेक्सनबाट फिल्मले पहिलो तीन दिनमा ८० करोडको नजिक कलेक्सन गर्न सक्ने देखिएको छ ।

साहोले पहिलो दिन सबै भाषामा गरेर करिब ८८ करोड कलेक्सन गरेको बताइएको छ । जुन बाहुबली-२ को १२१ करोडको रेकर्ड भन्दा धेरै कम हो । साहोले यस अघि राजनीकान्तको फिल्म २.० ले पहिलो दिन गरेको ६० करोडको कलेक्सन रेकर्डलाई भने तोडेको छ । बाहुबलीको पहिलो सिरिजले पहिलो दिन सबै भाषामा ५० करोड कलेक्सन गरेको थियो ।
हिन्दी भाषामा बहने साहो पहिलो दिन यस बर्ष रिलिज भएका फिल्म मध्ये तेस्रो धेरै कल्केसन गर्ने फिल्म बनेको छ । यस अघि सलमानको भारतले पहिलो दिन ४२ करोड ३० लाख, अक्षयकुमारको मिसन मंगलले २९ करोड १६ लाख कलेक्सन गरेको थियो ।

यसै बिच साहो संगै लागेको चलचीत्र मारुनीलाई भने हलवालाको सो पाउननै गाह्रो भएको छ । साहो हेर्ने दर्शकको भिडनै बढि भएपछि मारुनीको सो लाई घटाईएको क्यु.एफ.एक्स जलमा का म्यानेजर बिकास पोख्रेलले बताए । शुक्रबारको सो मा ४० जना, शनिवारको सोमा जम्मा १०० जना रहेको तर आईतबारको ४ बजेको सो राख्ने तयारी भएको भएपनि दर्शकको उपस्थिती अनुशार हुने उनले नेपालीको आवाज अनलाईलाई बताए । नेपाली चलचित्र मारुनीमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का लागाएत कलाकार रहेका छन् भने, फिल्ममा पुनम गौतमको लगानी तथा नवल नेपालको निर्देशन रहेको छ ।

तपाईको प्रतिक्रिया