
१७ भदौ, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष्पलालको नाममा स्थापना गरेको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’को बिषयमा छलफल कार्यक्रममा मन्त्री भट्टराईले सोधे,‘बिपीको नाममा चै पुरस्कार छैन ?’ यो प्रश्नले कर्मचारीहरु झनै तिन छक्क परे । कांग्रेसका नेताहरु मन्त्री हुँदा समेत नसोधिएको प्रश्न मन्त्री भट्टराईले सोधेका थिए ।
पुष्पलालको नाममा मात्रै पुरस्कार भएको सुनेपछि मन्त्री भट्टराईले भने, ‘हामीले हाम्रो इतिहास सबै गौरवहरुलाई सम्मान गर्नुपर्छ । सबैको साझा योगदानले आज हामी यहाँ छौं ।’ मन्त्री भट्टराईको यो भनाईले सबै कर्मचारीहरु प्रभावित भए ।
त्यस्तै,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १४ भदौ २०७६ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिए । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाको बुढानलीकण्ठस्थित निवाश पुगेर मन्त्री भट्टराईले आफूले सम्हालीरहेका मन्त्रालयको बारेमा जानकारी गराएका थिए । प्रतिपक्षी दलका नेतालाई मन्त्रीले भेटेर आफ्नो मन्त्रालयको बारेमा जानकारी दिएको र सुझाव लिएको यो सम्भवत: पहिलो घटना थियो ।
यो कदमलाई धेरैले नयाँ र असल राजनीतिक संस्कारको रुपमा प्रशंसा गरे । तर, एकथरीका आलोचकहरुले भने बाहिर देखाउनका लागि ‘सस्तो लोकप्रियता’का लागि गरेको कदमको रुपमा पनि व्याख्या गरे । तर, मन्त्री भट्टराईले बाहिरी देखाउने मात्रै होइन व्यवाहारिक रुपमा नै सबैको स्वमित्व र अपनत्व कायम गरेर परिर्वतन गर्न देखिन्छ । तलका यी कामहरुले त्यो पुष्टी गर्छ ।