१७ भाद्र, मंगलबार
नेपालीको आवाज अनलाईन न्युज डेस्क

गत श्रावण २० गते चितवनमा पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतबाट ५ लाख धरौटी र साधारण तारेखमा छुटेका चर्चीत सञ्चारकर्मी रवि लामिछानेले चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका छन् । लामिछानेसँगै शालिकराम मृत्यु प्रकरणमा मुछिएका अर्का अभियुक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले पनि चितवन अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलाशमा पुनरावलोकन रिट दायर गरेका हुन् ।

उच्च अदालत पाटको हेटौंडा इजलाशका प्रवक्ता अमृत घिमिरेले रवि र कँडेलका तर्फबाट चितवन जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पुनरावलोकन रिट निवेदन दर्ता भएको बताए ।

तपाईको प्रतिक्रिया