महेश पाण्डे
१९ भाद्र, पोखरा
नेपालीको आवाज अनलाईन न्युज डेस्क

देशैभरिका १०० भन्दा बढि चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि बुधवारबाट पोखरामा शुरुभएको छ । नेपाल चलचीत्र पत्रकार संघ तथा चलचीत्र बिकास बोर्डको संयुक्त आयोजनामा भाद्र १८ देखी २० गते सम्म तिन दिनको लागि कार्यशाला गोष्ठि शुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथी रहेका गण्डकी प्रदेशका संस्कृती, उद्योग तथा पर्यटना मन्त्रि बिकाश लम्सालले कार्यक्रमको शुभकामना ब्यक्त गर्दै गण्डकी प्रदेश आफैमा फिल्मी नगरिको रुपमा बिकास भैरहेको अझ त्यसमा पनि वर्ष २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा पनि मनाई रहेका बेलामा यस्ता कार्यक्रमले फिल्मी नगरीको रुपमा बिकास भैरहेको पोखरालाई चिनाउन पनि पनि सहज हुने बताए । मन्त्रि लम्सालले भने “अब अरेक क्षेत्र मर्यादित हुन जरुरि छ अझ त्यसमा पनि फिल्मी क्षेत्र त झनै मर्यादित हुन आवश्यक छ ।” उनले फिल्मी क्षेत्र धेरै पछाडी परेको र राज्यले पनि त्यति सहयोग गर्न नसकेको बताउदै यस क्षेत्रको बिकासका लागि सहयोग गर्न सधै सरकार तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै पोखरा पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलियाले नेपालका प्राकृतिक सुन्दरतामा सुटिगंका लागि हलिउड बलिउडलाई आकार्षित गर्न सक्नुपर्ने धारणा राखे । फिल्म छयांकनको लागि श्रीलंकाको उदाहरण दिदै उनले देशको सुन्दरता बिश्वभर फैलिए पर्यटन र आर्थिक दृष्टिले लाभ हुने बताए । उनले फिल्म सुटिगंका लागि नेपालमा नितिगत कठिनाई रहेको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । बरिष्ठ पत्रकार राजेन्द्र दहाल, निर्देशक घनश्याम लामिछाने, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, गुरुगं फिल्म एशोसियसनका अध्यक्ष भोजबहादुर गुरुगं लगायतले फिल्म मनोरञ्जनको साधन मात्र नभई समाज परिवर्तनको महत्वपुर्ण साधन भएको बताए ।

चलचित्र पत्रकार संघ का अध्यक्ष सन्दिप सापकोटाको अध्यक्षतामा भएको कार्यशाला उदघाटन कार्यक्रममा कास्की शाखाका अध्यक्ष रेम बिकले स्वागत मन्तव्य राखेका थिए । देशभरबाट १ सय जनाभन्दा बढि चलचित्र पत्रकार सहभागी कार्यशालामा पत्रकार आचारसंहिता, समाचारको बिषय उठान, समाचार तथा गसिप लगायत बिषयमा प्रशिक्षण दिइनेछ । कार्यशालामा बरिष्ठ पत्रकार राजेन्द्र दहाल, पोखरा पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलिया, चलचित्र समिक्षक अनुप सुवेदि, पत्रकार कृष्ण भट्टराई, रजनीश लगायतले सहजीकरण गर्नेछन ।

तपाईको प्रतिक्रिया