सरकारले मिडीया काउन्सिल बिद्येयकमार्फ सिंगो प्रेषलाई सञ्चारमन्त्रालयको मुठ्ठीमा राख्न खोज्यो – प्रेष काउन्सिल पुर्व अध्यक्ष राजेन्द्र दाहाल

२० भाद्र, पोखरा
नेपालीको आवाज अनलाईन न्युज डेस्क

प्रेष काउन्सिलका पुर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार राजेन्द्र दाहालले सरकारले मिडीया काउन्सिल बिद्येययक ल्याएर सिंगो प्रेष जगतलाई सञ्चारमन्त्रालयको मुठ्ठीमा राख्न खोजेको बताएका छन् । चलचित्र पत्रकार संघ तथा चलचित्र बिकास बोर्डले संयुक्त रुपमाा पोखरामा आयोजना गरेको ३ दिने चलचित्र पत्रकार कार्यशाला गोष्ठिमा बोल्दै उनले यो कुरा बताएका हुन् ।
बिहीवार चलचित्र पत्रकारहरुलाई पत्रकारको आचार संहिताको बारेमा प्रशिक्षण दिने क्रममा उनले भने अहिले सिंगो पत्रकारीता जगत अल्लि फरक ढंगबाट अगाडी बढि रहेको छ र कुनै पनि पत्रकारले आफ्नो आचार संहिता आफै बनाउनु पर्छ त्यसैले चलचित्र पत्रकार संघले पनि आफ्नो आचार संहिता आफै बनाउन आवश्यक छ ।
आजको कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष केशव भट्टराईको पनि उपस्थिती हुनेछ भने भाद्र १८ गते देखि २० गते सम्म चल्ने कार्यशाला गोष्ठि आज शुक्रबार सम्पन्न हुनेछ ।

Facebook Comments