दुई दिनदेखी हराएकी ६ वर्षीया बालिका स्मृति मृत फेला, हत्या भएको परिवारको दावी (भिडीयो सहित)

२२ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
भाद्र १९ गते बिहीवार राती चितवनको भरतपुर ५ कैलाश नगर बाट हराएकी एक ६ बर्षिय बालिका स्‍मृति कार्की घर नजिकैको नहरमा मृत अवस्थामा फेला परेकी छन् ।

घरको आँगनमा रहेको बेन्चमा सुतिरहेकी स्‍मृति बिहीवार राती करिब ९:३० बजेबाट हराएकी थिईन् । बालिका हराए लगत्तै परिवारले खोजी गरे पनि भेट्टाउन सकेका थिएनन् । दुई दिन देखी हराईरहेकी बालिकालाई शनिबार बिहान घर नजिकैको नहरमा डुबिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले जानकरी दिए ।

पानीमा डुबेको अवस्थामा फेला परेकी बालिकालाई जिल्ला अस्पातल पुर्‍याउदा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । बालिकाको परिवारले कसैले उनको हत्या गरेको आरोप लगाएका छन् । शुक्रबार नहर बन्द गरेर खोज्दा नभेटिनु तर शनिबार बिहान त्यही नहरमा शव भेटिनुले कसैले उनको हत्या गरी नहरमा फालेको स्पष्ट हुने परिवारको दाबी रहेको छ । बालिकाको परिवारले यो हत्या नै भएको भन्दै दोषी पत्ता लगाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

Facebook Comments