चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडीयो सहित)

२२ भाद्र, काठमाण्डौ
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
यहि कार्तिक ८ गते शुभ दिपावलीको अवसर पारेर रिलिज गर्न लागिएको चलचित्र ‘पोई पर्याे काले’ को शीर्ष गीत काठमाडौंमा आज (आईतबार) एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।
रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको गितमा रामजी लामिछानेको कोरियोग्राफी छ भने सौगात मल्ल, आकाश श्रेष्ठ, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर र सुरक्षा पन्तले कम्मर मर्काएका छन् । फिल्ममा सौगात, पुजा, आकाश, श्रृष्टी, सोहित, सुरक्षासँगै किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ ।

शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको छ । किरण नेपालीले प्रस्तुत गरेको फिल्ममा अमलादेवी राई कार्यकारी निर्माता रहेकी छिन् । शिव ढकालले खिचेको फिल्मलाई तारा थापाले सम्पादन गरेका हुन् ।

Facebook Comments