
२२ भाद्र, हेटौंडा
नेपालीको आवाज अनलाईन स्पोर्टस डेस्क
हेटौंडामा आज (आईतबार) सम्पन्न विशेष साधारण सभाबाट नेपाल क्रिकेट संघ (क्यान) प्रदेश ३ को अध्यक्षमा पुर्व राष्ट्रिय क्रिकेटर राजु बस्नेत चयन भएका छन् । बस्नेतले अध्यक्षका अर्का उम्मेदवार ललितिपुर क्रिकेट संघका अध्यक्ष नरेश राणालाई ३ भोटले पराजित गरेका हुन् । बस्नेतले १३ तथा रानाले १० भोट् प्राप्त गरे । प्रदेश-३ मा रहेका ६ जिल्लाका २४ प्रतिनिधि मध्ये २३ भोट खसेको थियो ।
त्यस्तैसंघको उपाध्यक्षमा मकवानपुरका प्रेम क्षेत्री निर्विरोध चयन भएका छन् । उता ललितपुरका प्रशन्न शाक्यलाई पराजित गर्दै नुवाकोटका दुर्गाराज पाठक सचिवमा निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष चितवनका अनिल अधिकारी निर्वाचित भए। अधिकारीले अर्का उम्मेदवार भक्तपुरका रत्न हरि प्रधानांगलाई पराजित गरे। अधिकारी पुर्व राष्ट्रिय क्रिकेटर हुन् ।
यस्तै सदस्यहरुमा महेश्वरी डंगोल , प्रज्वल सापकोटा , सुदिप पिया , उमेश पिया , रुपक रञ्जित, सुजन महर्जन, अजय वीर पाण्डे, अनुज मान श्रेष्ठ र राजु गुप्ता चयन भएका छन् ।