अस्थायी ट्राफिक प्रहरी पोष्ट सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझी घुस रकम सहीत नियन्त्रणमा

२२ भाद्र, सिन्धुली
नेपालीको आवाज अनलाईन न्युज डेस्क
अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझी घुष लिदा लिदै पक्राउ परेका छन् । काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई ७:०० बजे भन्दा पछि केही समय ढिला भएमा सिन्धुलीतर्फ जान दिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले माझिलाई सेवाग्राहीबाट रू.१०,०००/- (दस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरवाट मिति २०७६।०५।२१ गते रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको नै शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Facebook Comments