विपि जयन्ति देखि काँग्रेसले दोस्रो चरणको जागरण अभियान थाल्ने, तयारी तिव्र

२३ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
नेपाली काँग्रेस चितवनले दोस्रो चरणको जागरण अभियानका लागि आफ्नो तयारी सुरु गरेको छ । काँग्रेस चितवनको आज वसेको वैठकले यहि भदौ २४ गते १ सय ६ औं विपि जयन्तीको अवसरवाट हुन लागेको दोस्रो चरणको जागरण अभियानको तयारी अन्तर्गत प्रदेश स्तरीय निर्वाचन क्षेत्रका लागि पार्टीका जिल्ला नेताहरुलाई जिम्मेवारी तोक्ने, प्रचार प्रसार समिति गठन गर्ने र अभियानका क्रममा गरीने कार्यक्रम समेत तय गरेको छ ।

काँग्रेस चितवनका सचिव उत्तम जोसीका अनुसार असोज सात गने सम्म संञ्चालन हुने सो अभियानका लागि चितवन प्रतिनिधि सभा क्षेत्र नम्वर १ प्रदेश (क)मा जिल्ला सह सचिव सुर्य अर्याल, (ख)मा जिल्ला सचिव राजिव न्यौपाने, प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश (क)मा जिल्ला सचिव उत्तम जोशी, (ख)मा प्रवक्ता निता ढकाल, प्रतिनिधि सभा क्षेत्र नम्वर ३ प्रदेश (क)मा जिल्ला कोषाध्यक्ष शंकर कडेंल, (ख)मा जिल्ला उपसभापति कैलाश कोईरालालाई जिम्मा लगाएको छ । अभियानका क्रममा प्रदेश क्षेत्रमा तीन सय युवालाई अहिले सम्मका आन्दोलन र यसवाट प्राप्त उपलव्धि, विपिको विचार लगाएतका विषयमा जानकारी गराउने, नागरिक सम्वाद कार्यक्रम गर्ने, युवा केन्द्रित विशेष सम्वाद, अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्धन्द्ध पिडितहरु संघ घरदैलो , नयाँ सदस्यता वितरण, स्थानीय तहहरुको दुई वर्षको समिक्षा लगाएतका रहेको उहाँले जानकारी दिनु भयो ।

सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न वैठकले जागरण अभियानको प्रचार प्रसारका लागि काँग्रेस जिल्ला सदस्य डा. ईश्वरी लौडारीको संयोजकत्वमा पाँच सदसिय उपसमिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा नेपाल प्रेस युनियन केन्द्रिय सदस्य सृजना अर्याल, जिल्ला अध्यक्ष अनिल ढकाल, शिक्षक संघका पूर्वा जिल्ला अध्यक्ष ध्रुर्व पोख्रेल र पार्टी कार्यालयका मुख्य सचिव दुर्गा गैरे रहनु भएको छ ।

जागरण अभियानमा महंगि, भ्रष्टाचार, अलोकतान्त्रीक विधेयक, कम्युनिष्ट सरकारको
कुशासन वढ्दो महिला हिंसा, वलत्कार र हत्या लगाएतका विषयमा केन्द्रित हुने श्रेष्ठले जानकारी दिनु भयो । जिल्ला स्तरमा स्थानीय तहहरुले गरेको कर वृद्धि देखि विकास निर्माणका क्रममा भएका अनियमितताका विषयमा पनि छलफल हुने सचिव जोशीले जानकारी दिनु भयो । अभियान भदौ २४ गते जिल्लाका सवै प्रदेशका क्षेत्रहरुमा एकै पटक उद्घाटन हुने छ । एउटा क्षेत्रमा १ सय ६ वटा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्ने तय भएको छ । अभियानको उद्घाटन अघि भोलि जिल्लाका पूर्व पार्टी सभापति, पदाधिकारी, माननीय, पूर्व माननियहरु संग छलफल गर्ने कार्यक्रम रहेको छ । विहान ११ वजे वाट सुरु हुने छलफलमा भावि कार्यक्रमलाई कसरी अगाडी वढाउन सकीन्छ भन्ने विषयमा केन्द्रित हुने छ । केन्द्रको निर्देशक अनुसार गर्न लागिएको सो अभियानलाई सफल वनाउनका लागि काँग्रेस चितवनले जिल्लाका सवै नेताहरुलाई आ आफ्नो क्षेत्रमा सक्रिय रुपमा सहभागि हुनका लागि समेत आव्हान गरेको छ ।

जिल्ला सभापति श्रेष्ठका अनुसार जिल्लामा समापनको दिन विरोध प्रदर्शन सहितको कार्यक्रम हुने छ । नेपाली काँग्रेसले पहिलो चरणको जागरण अभियान गत वैशाख २५ गते देखि जेठ २५ गते सम्म देशव्यापी रुपमा सम्पन्न गरेको थियो ।

Facebook Comments