महेश पाण्डे
२५ भाद्र, चितवन
नेपालीका आवाज अनलाईन न्युज डेस्क

चितवनमा लागुऔषधका प्रयोग कर्ता र नदि दोहन बढेको जिल्ला प्रहरी कार्यालय चितवन र ई.प्र.का टांडीले संयुक्त रुपमा बुधवार रत्ननगर १६, पिठुवामा गरेको प्रहरी साझेदारी कार्यक्रम अन्र्तगतको नागरिक सुनुवाई कार्यक्रममा उपस्थित सर्वसाधरणले बताएका छन् । कार्यक्रममा बोल्दै रत्ननगर १६ का स्थानीय पुरुषोत्तम लामिछानेले चितवन गांजा, तस्कर र सिरीजं प्रयोग गर्ने युवाको हब भएको बताउदै यसको समाधानको लागि प्रहरी जुझारु भएर लाग्नुपर्ने बताए ।
त्यस्तै अर्का सहभागी रत्ननगर १४ का बद्री प्रसाद अर्यालले ३,४ महिना देखी रत्ननगर क्षेत्रमा चोरीको घटना बढिरहेको अझ त्यसमा पनि आफु अध्यक्ष रहेको पिठुवा दुग्ध डेरी सहकारी संस्थामा केहि महिना अघि चोरी भएको र यो कुरा प्रहरीलाई जानकारी गराएको तर प्रहरीलाई सिसी क्यामराको भिडीयो सहित रिपोर्ट गर्दा पनि केही पत्ता लाग्न नसकेको भन्दै दुःख ब्यक्त गर्दै रातिमा पनि प्रहरी गस्ति बढाउन अनुरोध गरे ।
रत्ननगर १६ का नै स्थानिय नवराज खतिवडाले ठुलो माछाले सानो माछालाई खान्छ भनेझै पहुच र राजनितीक शंरक्षणको आधारमा ठुलाबढाको काम हुने तर सानाको काम नहुने प्रवित्ती प्रहरीमा पनि देखिएकाले यसलाई सुधार्नुपर्ने कुरामा जोड दिए । उनले हालका दिनमा कयर खोलामा दिनानुदिन गिटी बालुवाको दोहन बढिरहेको तर प्रहरीले देखेपनि नदेखेजस्तो गरेको प्रति दुःख ब्यक्त गरे ।
रत्ननगर १२ का श्याम बरालले शुरक्षाको दृश्टीकोणले हाल सम्म ५ वटा प्रहरी बिट सञ्चालनमा आएकोमा अझै पिठुवा र मोहनामा पनि १, १ वटा प्रहरी बिट आवश्यक रहेकोले तत्काल ब्यवस्था मिलाउन अनुरोध गरे ।
रत्ननगर १५ का स्थानीय तथा पिठुवा खानेपानी उपभोक्ता समितीका अध्यक्ष आशु तमाङ्ले प्रहरी साझदारी कार्यक्रमको बारेमा सबैलाई थाहा नभएको र स्थानीय स्थरमा के गर्दा के सजाय हुन्छ भन्ने जानकारी सहितको बिवरण सबै ठाउमा राख्न सकेमा केहि हदसम्म भएपनि अपराध कम हुने कुरा ब्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यलय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रहरीका बारेमा जनताबाट धेरै गुनासा आएकोले प्रहरी अब चनाखो भएर अगाडी बढ्नुपर्ने बताए । उनले प्रहरीले मात्र समाजमा शान्ति शुरक्षा कायम गर्न गाह्रो भएका कारण नागरीकलाई पनि यस बिसयमा त्यतिकै चनाखो बनाउन प्रहरी साझेदारी कार्यक्रम आएको बताए ।
कार्यक्रमा सर्वसाधरणका समस्या र जिज्ञासा मेटाउन बसेका चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले अरुलाई दोष लाउनुभन्दा अगाडी आफु कत्तीको सहि छु भनेर पनि सोच्नुपर्ने भन्दै केही घटना घटे, समास्या भए, अपराध भए र कसैको प्राण बचाउन पनि प्रहरीनै चाहिने भएकोले सहकार्य बिना केही संभव नभएको बताए । आफु जनताको समस्या बुझ्न २४ सै घण्टा तयार रहेको बताउदै केहि परे आफुलाई ९८५५०१५५५५ मा सम्पर्क गर्न पनि अनुरोध गरे ।

कार्यक्रमा कालिका नगरपालीकाका नगर प्रमुख खुम नारायण श्रेष्ठ, रत्ननगर नगरपालीकाकी उप प्रमुख बिमला दुवाडी लगाएतको उपस्थिती थियो भने कार्यक्रममा उपस्थित सबैलाई ई.प्र.का टांडीका प्रहरी नायव उपरिक्षक भावेष रिमालले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया