२७ भाद्र, रत्ननगर
नेपालीको आवाज अनलाईन न्युज डेस्क

पूर्वि चितवन स्पोर्टस क्लवको आयोजनमा असोज १० देखि १२ गते सम्म रत्ननगर ३, बेल्सिमा रहेको प्रस्ताविक कवर्डहलको स्थानमा दोश्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७६ आयोजन गर्न लागिएको आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ ।

कार्यक्रमका संयोजक मध्यका एक पुरु खनालले पत्रकारहरुलाई प्रेष बिज्ञप्ति पढेर सुनाउदै “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” नारा सहित कार्यक्रम गर्न लागेको जानकारी दिदै उनले राष्ट्रभरिका युवालाई खेलको माध्यमबाट परिचीत गर्दै ब्याडमिन्टन खेलको बिकासमा टेवा मिलोस भनेर प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

कार्यक्रमा अर्का संयोजक बिकास डल्लाकोटीले पहिलो पटक कार्यक्रम गर्दा ११ वटा टिमले मात्र भाग लिएको र कार्यक्रम सोचे जस्तो नभएको भएतापनि यस पटकको कार्यक्रममा भने करिब ५० जिल्ला भन्दा बढि ठाउंबाट प्रतियोगीले भाग लिने सम्भावना रहेकाले कार्यक्रम एतिहासीक हुनेमा आफु बिश्वस्त रहेको बताए ।

अघिल्लो पटकको प्रतियोगितामा कोर्ट निर्माण गर्दा जम्मा २० फिट बारिएकोमा हावाको कारणले केहि असर परेको देखीएकोले यस पटक भने २५ देखी ३० फिट सम्म बारिने जानकारी दिए ।

संस्थाका अध्यक्ष केबल न्यौपानेले यस पटकको कार्यक्रममा ५ लाख भन्दा बढि खर्च हुने अनुमान गरिएको बताउदै ओपन तर्फ प्रथम हुनले ६१ हजार, द्धितीय हुनेले ३१ हजार त्यस्तै भिटेन तर्फ प्रथम हुनले २५ हजार, द्धितीय हुनेले १५ हजार र सान्वना हुनेलाई ५ हजार प्रदान गरिने बताए । न्यौपानेले कार्यक्रममा सहभागी हुने टिमलाई ओपन तर्फ ४००० र भिटेन तर्फ २५०० टिम दर्ता सुल्क राखीएको बतउदै दर्शकको लागि भने खेलहेर्न कुनै सुल्क नलाग्ने बताए । उनले कार्यक्रमबाट खर्च कटाई बचेको आम्दानीको २० प्रतिशत असाहाय बालबालीको लागि पनि खर्च गरिने जानकारी दिदै रत्ननगर ३, बेल्सिमा रहेको प्रस्ताविक कवर्डहलको लागि १ करोड २० लाख लागत अनुमान गरिएकोमा प्रदेश सरकार मार्फत ५० लाख बिनीयोजन भईसेको समेत जानकारी दिए ।

"राष्ट्रको लागी खेलखुद, स्वास्थ्यको लागी खेलखुद"दोस्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता – २०७६पत्रकार सम्मेलन आयोजक : पुर्वी चितवन स्पोर्ट्स क्लब, रत्ननगर – ३, चितवन मिति : २०७६ भाद्र २७ गते स्थान : हंस मनोरञ्जन केन्द्र (HMK)

Gepostet von Bipin Sharma Acharya am Donnerstag, 12. September 2019

तपाईको प्रतिक्रिया