अनिता अर्याल,
२८ भदौ, रत्ननगर
नेपालीको आवाज अनलाईन न्युज डेस्क

नेपाली काँग्रेसले शुक्रबार संयुक्त बडा भेला सम्पन्न गरेको छ । काँग्रेसको दोस्रो चरणको राष्ट्यि जागरण अभियान अन्तर्गत रत्ननगर नगरपालिका बडा न १०, ११, १२ र १३ बडाको भेला तथा अन्र्तक्रिया भएको हो ।
जयमंगलाको राममन्दिर परिसरमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि प्रेम बहादुर खड्काले जागरण अभियानले काँग्रेस भित्र रहेको तिक्तता मेटेर अगाडि बढ्न सहयोग गर्ने बताउनुभयो । संविधान बिरोधी काम कम्युनिष्टले गरेको भन्दै यो नीतिगत भ्रष्टाचारको अन्त्य गर्न पार्टीका सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
सरकार भ्रष्टचारमा लिप्त भएको भन्दै उहाँले यसको बिरोधमा खरो उत्रन आव्हान गर्नुभयो । पार्टी सभापतिको बिरोधमा उत्रन भन्दा पनि बास्तविकता बुझनुपर्ने भन्दै सभापतिको बारेमा गलत प्रचार भएको र सत्य तथ्य बुझ्न आवश्यक भएको बताउनुभयो । पछिल्लो समयमा देशमा नेपाली काँग्रेसको खाचो भएको भन्दै उहाँले पार्टी तल पर्ने काम नगर्न आग्रह गर्नुभयो । लोकतान्त्रिक संविधान काँग्रेसलाई चाहिएको बताउनुभयो । अहिलेको नियन्त्रित कानुनले कसैलाई न्याय गर्न नसक्ने भन्दै यसलाई लचिलो बनाएर लैजान काँग्रेस लागिपर्ने बताउनुभयो ।
माहासमिति सदस्य राजेन्द्र प्रशाद बुर्दाकोटीले काँग्रेसले नेतृत्व लिएर धेरै विकासका काम गरेको बताउनुभयो । पहिलो चरणमा भएको जागरण अभियानको गुनासो सुनुवाई नभएको भन्ने आक्रोस ब्यक्त गदै उहाँले स्थानीय तहमा कुनै समस्या नभएको तर केन्द्रमै सद्भावमा खलल पुगेको बताउनुभयो । गुट उपगुट छाडेर सक्षम नेतृत्व छनौट गर्ने अधिकार सबै संग भएको भन्दै अवका दिनमा सक्षम नेतृत्व आउने बताउनुभयो ।
पूर्व सांसद साबित्री पाठक बोगटीले महिलालाई नेतृत्व विकासका लागि विभिन्न तालिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले महिलाहरुलाई सक्षम बनाउन बडा तह देखिनै आर्थिक, सामाजिक ,राजनैतिक रुपमा दरो बनाएर लैजानु पर्ने अबस्था भएको बताउनुभयो ।
त्यसै गरी पुर्व शिक्षा मन्त्री शेषनाथ अधिकारीले पछिल्लो समय नेपाली काँग्रेस संयमित भएको बताउनुभयो । यो अभियान काँग्रेस भित्रको जागरण,नेता भित्रको जागरण,र आफै भित्रको जागरण भएको बताउनुभयो । कम्युनिष्ट दिन प्रतिदिन असफल हुदै गैरहेको भन्दै उहाँले लोकतन्त्र बिरुद्धको एक दलिय तानासाही कानुनको बिरुद्धमा लड्न तयार हुनुपर्ने बताउनुभयो । पार्टीले महिलालाई हरेक ठाउँमा प्रतिनिधित्व गर्ने सविधान बनेको बताउदै उहाँले अबका दिनमा पार्टीले सबैलाई सन्तुलन मिलाएर लैजाने बताउनुभयो ।
कार्यक्रमका जिल्ला सचिव राजिब न्यौपानेले विपीको चिन्तन राष्ट्रमा सफल भएको भन्दै विचारका हिसाबले काँग्रेस बलियो भएको प्रस्ट पार्नुभयो । छलछाम गरेर दुईतिहाई ल्याएको भए पनि विचारका हिसाबले कम्युनिष्ट पछाडि रहेको बताउनुभयो । तालमेल नमिलेर केहि मतले पछाडि परेको स्बीकार गदै उहाँले आगामी दिनमा गल्तीबाट पाठ सिक्न जरुरी भएको बताउनुभयो । पार्टीको विधान अनुसार चल्ने दिन आएको हुदाँ कसैले पनि पार्टीप्रति शंका गर्नु नपर्नेमा प्रस्ट पर्नुभयो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले
अबका दिनमा काँग्रेस सच्चिएर अगाडि बढ्न सुझाब दिएका छन् । कार्यक्रममा प्रदेश नं १ ख का सभापति सुजन थापा,नगर सभापति रुपनराज घिमिरे, नेता उत्तम आचार्य,माहाधिवेशन प्रतिनिधि गीता देबकोटा,वडा नं १० का सभापति कलाधर पौडेल, १२ का सभापति श्रीकृष्ण घिमिरे लगायतले मन्तव्य राखेका थिए । विपी जयन्तीको अबसर पारेर भदौ २४ गतेबाट सुरु भएको दोस्रो जागरण अभियान असोज ७ गते सरकारको कार्यशैलीको बिरोधमा सभा गरेर सकिने जिल्ला सचिब राजिब न्यौपानेले बताउनुभयो । बडा न १३ की सभापति सीतु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम ११ का सभापति सुर्य पौडेलले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया