२८ भदौ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो १६ औं वार्षिक साधारण सभा शुक्रबार चितवनमा सम्पन्न गरेको छ । प्रदेश नं. ३ का प्रदेश सभा सदस्य विजय सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य माननीय गीता वाग्ले विष्ट, जुनीय प्रहरी अधिकृत शिक्षालयका निर्देशक श्री हरिभक्त प्रजापति, जिल्ला सहकारी सघं चितवनका अध्यक्ष श्री टिकाराम भट्टाराई, जिल्ल बचत तथा ऋण संघका अध्यक्ष श्री हरिशचन्द्र सुवेदी, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री चुन नारायण श्रेष्ठ, चितवन उद्योग संघका उपाध्यक्ष श्री त्रिलोचन कडेल, कृषि ज्ञान केन्द्र चितवनका नि. प्रमुख श्री माधब पौडेल विशिष्ट अतिथि रहनु भएको थियो भने केन्द्रिय बहुउदेश्यीय सहकारी संघका संचालक तथा राष्ट्रिय सहकारी वैकका लेखा समिति सदस्य श्री तारा गुरुङ, भरतपुर महानगरपालिका वडा नं ३ का अध्यक्ष चन्द्रमित्र पंडित, वडा नं. १ का अध्यक्ष जयराम श्रेष्ठ, केन्द्रिय दुग्घ उत्पादक सहकारी संघका श्री भागिरथ तिमिल्सिना, जिल्ला बहुउदेश्यीय सहकारी संघ, चितवनका सचिव भिष्म खनाल, राष्ट्रिय सहकारी वैक नारायणगढ शाखाका प्रमुख दिव्य के.सी., प्राईम बहुउदेश्यीय सहकारी संस्था लि. का अध्यक्ष श्री मदन खरेल लगायत विभिन्न सहकारी संस्था तथा सामाजिक एवं व्यावसायीक संघ संस्थाबाट पाल्नुभएका महानुभावहरुको आतिथ्यता रहेको थियो ।

संस्थालाई ऐन नियमको परिधिभित्र रही व्यवस्थित संचालन गरी उचाई चढदै जानु कठिन कार्य भएको बताउदै प्रमुख अतिथि सुवेदीले संस्थाले आर्थिक कारोबारका साथै सामाजिक सेवाका कार्य र उत्पादनका क्षेत्रमा समेत लागी राज्यलाई टेवा पु¥याउदै आएको हुदाँ आफु पनि यस संस्थामा आवद्ध भई अझ अगाडी बढाउन सहयोग गर्ने विचार राख्नुभएको थियो ।

साधारण सभामा संस्थाका नारायणगढ, टाँडी तथा विजगनगर सेवाकेन्द्र अन्तरगतका शेयर सदस्यहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो । सदस्यहरुको यस्तो उपस्थितिले संस्थालाई हौसला प्रदान गरेको र यस उत्साहलाई कदापी कमजोर हुन नदिने सभाध्यक्ष तथा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले बताउनु भयो । सचिव लेखराज पन्तले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया