२९ भाद्र, रत्ननगर
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर १० बैरियामा रहेको युनिक युथ क्लबले रत्ननगर सरसफाई सप्ताह महाअभियानको चौथो हप्ता शनिबार बकुलहर रत्ननगर अस्पताल परिसर र सौराहा चोकको सटर पछाडि वरपर सरसफाई तथा डेंगु विरुद्धको तथा रोक थाम सम्बन्धित सरसफाई कार्यक्रम गरेको क्लबका अध्यष बिकाश पौडेलले बताए ।


क्लबले पछिल्लो समय बड्दो क्रममा रहेको डेंगीको संक्रमा फैलिन नदिनको निमित्त पनि सरसफाई कार्यक्रमलाई तिब्रता दिदै आएको छ । क्लबले गरेको उत्त सरसफाई कार्यक्रममा अस्पताल परिसरबाट ठुलो परिणममा फोहोर संकलन भएको थियो ।

रत्ननगरका मेयर नारायण वनको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले अस्पताल वरिपरिको सरसफाईमा अस्पतालले ध्यान दिनुु पर्ने बताए । मेयर वनले अस्पताल वरिपरि देखिएको फोहोरका बिषयमा पनि बेलैमा सजग गराउने बताए ।

कार्यक्रममा विशिष्ट आतिथि रत्ननगर नगरपालिकाक प्रवक्ता श्री राजेन्द्र हमाल अतिथि रत्ननगर नगरपालिका स्वास्थ्य प्रमुख इन्द्र लाल न्यैपाने अतिथीको रुपमा क्रमशः रत्ननगर नगरपालिका १० नं. वडाका कार्यवाहक अध्यक्ष छन्नुराम चौधरी र सदस्यहरु क्रमश सीता भेट्वाल, कमल बहादुर घिमिरे,छन्नुराम चौधरी WAY Group Chitwanका अध्यक्ष भोज नारायण कंडेल, समाजसेवि तथा क्लब का सरसफाई अभियान्ता ज्ञानेन्द्र राज पाण्डे, हुतराज पन्त लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया