महेश पाण्डे
२९ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

चितवनको खैरहनी नगरपालीकामा शनिवार खैरहनी चेम्बर अफ कमर्सको कार्यालय उद्घाटन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । चेम्बर अफ कमर्सको केन्द्रिय निती अनुरुप चितवनको भरतपुर पछि खैरहनीमा पनि शाखा शुरुवात गरिएको संस्थाका उपाध्यक्ष उत्तम अधिकारीले नेपालीको आवाज अनलाईनलाई जानकारी दिए ।

कार्यक्रमा प्रमुख अतिथी चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष डा. राजेश काजि श्रेष्ठले नेपालमा अरु संस्था स्थापना नहुदै बि.सं २०१३ सालमा यो संस्था स्थापना भएको बताउदै हाल ६८ वटा जिल्लामा ३५ वटा भन्दा बढि नगरमा यसको शाखा सुरुवात भैसकेको बताए । उनले ब्यापार व्यवसाय गर्नेहरुको हक र हितका लागि भनेरनै यो संस्था स्थापना गरिएको बताउदै सरकारले कर बढाउनकै लागि बहुमत ल्याय जस्तो देखिएको बताए । उनले भने “अहिले ईम्पोर्ट कम भई आम्दानी कम भयो भनेर सरकारले ब्यवसायीलाई कर थुपारेर ब्यवसायनै धरापमा पार्ने काम गर्न पाईदैन, हामी दशै तिहारसम्म चुप लागेर बसेका छौ अब चुप बस्दैनौ ।”

उनले सरकारको कर नितीको ब्यङ्ग्य गर्दै भने “अर्थमन्त्रीले ल्याएको बजेटमा सबै सांसदले ताली पिटेको देखेर हामीलेपनि मजैसंग ताली पिटेउ तर जब पढ्दै गयौ हामीले कुरा बुझ्यौं यो ब्यवसायीको हितमा थिएन, यदि बहुमतको आधारमा मात्र सबै कुरा पारीत गर्दै जानेहो भने ब्यवसायनै धरापमा पर्छ त्यसैले बेलैमा बिचार गरौं ।” श्रेष्ठले अबका दिनमा पब्लिक कम्पनी र प्रा.ली. चलाउने जो कोही पनि चनाखो हुनुपर्ने र सरकारले दैनिक जसो परिवर्तन गरेको नियम बुझ्नुपर्ने बताए ।

कार्यक्रका बिशिष्ठ अतिथी चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठले खैरहनीको नव गठित कमिटीलाई बधाई दिदै ३ वर्षीय कार्यकाल भएकोले राम्रो काम गर्न सुझाव पनि दिए । उनले स्थानीय सरकार र प्रदेश सरकारसंग आफ्नो संस्था बिकास निर्माणको काममा सहकार्य गर्न तयार रहको बताए । उनले सरकारले करको दर बढाउनु भन्दा करको दायरा बढाउने तर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

कार्यक्रमा नव गठित खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष उत्तम अधिकारी, वरिष्ठ उपाध्यक्ष चन्द्रा कुमारी चौधरी, सचिव केशव लम्साल, कोषाध्यक्ष रामचन्द्र कंडेल, सदस्यहरुः सन्तोष भण्डारी, बिमला नहर्की बुर्लाकोटी, मिलन बस्नेत, मिना सेन्चुरी लगाएतलाई पदस्थापना गरिएको थियो । साथै संस्थाको खैरहनी बजारमै रहेको कार्यालयको उद्घाटन समेत गरिएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया