२९ भाद्र, चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क
गएराति भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी चितवनमा २ जनाको ज्यान गएको छ । गएराति साढे ९ बजेको समयमा जिल्लको राप्तिमा भारतिय गाडीको ठक्करबाट राप्ति नगरपालिका ६ बस्ने सरोज तमाङको ज्यान गयो भने ट्याक्टरको ठक्करबाट कालिका नगरपालिमा विशाल श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यलय टाँडीका प्रहरी नायव उपरीक्षक भावेष रिमालले बताए ।
डिएसी रिमालका अनुसार राप्ति नगरपालिका ४ मार्तल पुल स्थित पुर्वबाट पश्चिम तर्फ आइरहेको युपी २ वान सियान ३ वान ८८ नम्बरको भारतीय ट्रकले विपरित दिशाबाट जादै गरेको ना ४१ प ४९०२ नम्बरको मोटसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालकर सरोज तमाङको ज्यान गएको हो ।
भारतीय गाडीको ठक्करबाट बाईक पछाडि सबार राप्ति नगरपालिका १ का १४ बर्षिय उत्सब श्रेष्ठ घाईते भएका छन् । घाईते श्रेष्ठको पुरानो मेडीकल कलेजमा उपचार भैरहेको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ ।
यस्तै यता कालिका नगरपालिका ७ गैडाखोला मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक बिशाल श्रेष्ठको ज्यान गएको छ । ना ३ त १३३५ नम्बरको ट्याक्टरले ना ४१ प ९८४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कालिका नगरपालिका ७ बस्ने बर्ष २८ का विशाल श्रेष्ठको उपचारको क्रममा नयाँ मेडीकल कलेजमा ज्यान गएको हो ।
मोटरसाइकल पछाडी सवार कालिका नपा ७ बस्ने बर्ष ३० का मुकेश श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडीकल कलेजमा उपचार भैरहेको छ । ठक्कर दिने चालक र टक्याक्टर इलाका प्रहरी कार्यालय टाडीको नियन्त्रणमा रहेको छ ।