२९ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

आज (आईतबार) राष्ट्रिय बाल दिवस देशैभरी बिभिन्न कार्यक्रम गरि मनाईदैछ । यसै क्रममा चितवनमा रहेको लायन्स क्लब अफ रत्ननगर मिडनेपालले पनि रत्ननगर १ मा रहेको श्री बकुलहर माध्यामीक बिद्यालयलाई शैक्षिक सामाग्री तथा खेल सामाग्री बितरण गरी मनाएको छ ।

बिद्यालयमा शिसु कक्षा देखि १० कक्षा सम्म रहेका करिब २७५ जना बिद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । क्लबका संस्थापक अध्यक्ष तथा डिस्ट्रीक प्रोग्राम कोर्डिनेटर शुरेस चन्द्र अचार्यले लायन्स भनेको सेवा नै धर्म हो भन्दै खोलिएको र हरेक दिन हुने दैनिक खर्च कटाएर बचेको रकमबाट यो सहयोग जुटाएको नेपालीको आवाज अनलाईनलाई जानकारी दिए ।

संस्थाका अध्यक्ष प्रकाश शर्माले शैक्षिक तथा खेलकुदको सामाग्री बितरण गर्न आर्थीक सहयोग गर्नुहुने गणेश पौडेल, सुर्यमणी मिश्र, बिष्णु श्रेष्ठ र सगरमाथा मोबाईललाई सहयोगको लागि धन्यवाद दिदै यो वर्ष भरिनै यस्ता धेरै कार्यक्रम गरिने जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लब ईन्टरनेशनलका ३२५ बिटु नेपालका द्धितीय उपाध्यक्ष राम प्रसाद भट्टले रत्ननगर मिडनेपालले गरेको काम निकै महत्वपुर्ण भएकाले आफु भन्दा कम भाग्यमानीको सेवामा लाग्न लायन्सहरु सधै तयार रहेको बताए ।

कार्यक्रममा अतिथीको रुपमा क्रमशः श्री बकुलहर माध्यामीक बिद्यालयकी प्रधानाध्यापक कमला ढकाल, लायन्स क्लब ईन्टरनेशनलका ३२५ बिटु नेपालका डिस्ट्रीक एडभाईजर सिद्धार्थ लाल चुके, लायन्स क्लब ईन्टरनेशनलका ३२५ बिटु नेपालका डिस्ट्रीक बिष्णु खनाल, रिजन चिएर पर्सन योगेन्द्र नाथ अधिकारी, एडभाईजर कोर्डिटेर बिष्णु खनाल, वडा नं १ का वडा सदस्यहरु बाबुराम गौतम तथा शालिकराम पराजुली, रिजन चियर पर्सन कृष्णलाल श्रेष्ठ, जोन चियरपर्शन तथा पुर्व अध्यक्ष जगदिश चन्द्र शर्मा, संस्थाका पुर्व अध्यक्ष पुष्पलाल श्रेष्ठ, लायन्स क्लब अफ रत्ननगरको समृद्धीको अध्यक्ष गंगा सुवेदी, बिद्यालयको कार्यक्रम संयोजक बसन्त अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया