३० भाद्र, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क

नेपालका लागि नेपाली नामक संस्थाका सञ्चालक र आफुलाई भ्रष्टचार बिरुद्धको अभियन्ता भन्ने ज्ञानेन्द्र शाहि अन्तत प्रहरी हिरासतमा परेका छन् । ललितपुर परिसरको मुद्दा शाखाका डिएसपी सन्तोष तामाङका अनुसार प्रहरी टोलिमाथि अभद्र गरेपछि उनलाई जरुरी पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको हो ।

शनिवार साँझ नेपालगन्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युटुबरहरुको धेरै उपस्थिति थियो । पत्रकार सम्मेलनमा शाहीले प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युटुबर र शाही समर्थक बीच झडप भएको थियो ।

पक्राउ परेका शाहीमाथि गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ को ९ (क) १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने तयारी प्रहरीले गरेको छ। उक्त दफा बमोजिमको ‘अपराध गर्नेलाई जन्म कैद र त्यस्तो अपराध गर्न उद्योग गर्ने वा मतियार हुनेलाई पन्ध्रदेखि बीस वर्षसम्म कैद’ हुने कानुनी ब्यबस्था छ। शाही लगायतको समूहले मन्त्री भट्टराईमाथि नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानभित्रै दुर्व्यवहार गरेका थिए । मन्त्री भट्टराई कैलालीमा आयोजित डल्फिन महोत्सवमा सहभागी भएर काठमाडौं आउने क्रममा विमान डिले गरेको आरोपमा शाहीको समूहले उनीमाथि आक्रमण प्रयास गरेको थियो ।

तपाईको प्रतिक्रिया