३० भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पछिल्लो समय चितवनमा दुई पाङ्ग्रे सवारी साधनको प्रयोग संगै चार पाङ्ग्रे नीजि सवारी साधनको प्रयोग ह्वात्तै बढेको छ । मानिसको आवश्यकता, सडकको पहुंँच र सामाजिक प्रतिष्ठाको लागि समेत यसको प्रयोग बढ्दै गइरहेको छ । देशभर लगायत चितवनमा पनि यसका प्रयोगकर्ता बढेसंँगै अटोमोबाइलका शोरुम खोल्ने क्रम बढ्दो छ । ग्राहकको माग र चाहना बमोजिम विभिन्न विदेशी ब्रान्डका गाडीहरु चढ्ने पनि उत्तिकै बढिरहेका छन । चितवन जस्तो यातायातको सहजता, संभावनाको जिल्ला तथा देशकै केन्द्र भागमा रहेको जिल्ला भएकोले पनि यहांँ अटोमोबाइलको व्यवसाय चम्किदै गइरहेको छ । एक दशक अघिमात्र नारायणगढको एक दुई स्थानमा नीजि गाडीका शोरुम रहेपनि अहिल्यै यो क्रम विस्तार हुंँदै भरतपुरको गोन्द्राङ्ग सम्म पुगेको छ । यसैबीचमा २०६८ सालबाट नारायणगढबाट सेवा प्रारम्भ गरेको एस एच मोटर्स प्रालिले अघिल्लो बर्षबाट भरतपुरको रिजालचोकबाट फोर्ड बा्रण्डका विभिन्न मोडलका गाडीहरु बिक्री गर्दै आएको छ । कम्पनीले एक दशक भित्र प्राप्त गरेको सफलता एवं फोर्ड ब्राण्डका बिशेषताका बारेमा कम्पनीका प्रबन्धक सुमित्रा लामासंँग गरिएको कुराकानीको केही अंश ।
१)तपाई विगत लामो समयसम्म यस कम्पनीको प्रबन्धक जस्तो पदमा काम गर्दै आउनु भएको छ किन ?
म सानै देखी विजनेश माइण्डको मान्छे । भविष्यमा पनि विजनेसनै सम्हाल्ने र स्थापित हुने मेरो चाहना थियो । त्यसमा पनि म अलिकति फरक प्रकारको विजनेशमा रमाउन चाहन्थे । त्यसमा पनि प्रबन्धक पदमा रहेर आफूलाई स्थापित गराउन चाहन्थे । जसका कारण पनि मैले अटो बजारलाई रोजें । आज आएर यो सपना एस एच मोटर्सले पुरा गरेको छ । झण्डै १० बर्षदेखि म यो क्षेत्रमा छु । र मलाई पहिलेदेखिनै गाडीका शोरुम, कम्पनीमा काम गर्ने इच्छा थियो , जस अनुरुप म यो क्षेत्रमा स्थापित भएको हुंँ ।
२)तपाई यो कम्पनिकमा आएदेखि कमपनिले कत्तिको उचाई पाएको छ त ?
कुनैपनि कम्पनी सफल हुनुमा व्यवस्थापन, टीमवर्क, मेहनत, लगावको उत्तिकै आवश्यक पर्दछ । मैले यहांँदेखि नै यसलाई उचाईमा पु-याउनको लागि थुप्रै अभ्यास गरेको छु । जसका कारण एकत फोर्ड गाडीका बा्रण्डलाई चितवनको प्रतिस्प्रधात्मक बजारमा स्थापित गर्न सके । अर्को कुरा ग्राहकको चाहना, सेवालाई मध्यनजर गर्दै गाडी बिक्रि गर्नुका साथै त्यसपछिका सेवालाई पनि प्राथमिकतामा राखे । जसका कारण अन्य ब्राण्डका गाडी तुलनामा यो ब्रान्डका गाडी ग्राहकले रुचाएको अनुभव गरेको छ । हामी गाडीको सेल्स ट्रेण्डमा पनि उत्तिकै सन्तुष्टि छौ । जसको फलस्वरुप साउथ एशियामा नै चौथो नम्बरमा कम्पनीले प्लाटिनियम फोर्ड अर्जुन अवार्ड लिन सफल भयौं । यसलाई कम्पनीको टीम ,ग्राहकहरु सद्भाव र सबैको संयुक्त प्रयासबाट सफल भएको ठान्दछु । अर्को कुरा हामीले कम्पनीले दिएको बिक्री लक्ष्य भन्दा बढी नै फोर्ड गाडीका उत्पादनहरु बिक्री गर्न सफल भएका छौं । ग्राहकको हामी प्रतिको विश्वास र हामीले ग्राहकहरुलाई दिएको सेवाका कारण पनि हामी यो सफलता हात पारेका हौं ।
३)चितवनमा अन्य ब्राण्डका गाडीहरुका थुप्रै शोरुम छन, यो भीडमा किन फोर्ड शोरुमको आवश्यकता पर्यो ?
यो युग २१ औ शताब्दी प्रतिस्पर्धीको युग हो । जसले प्रतिस्पर्धा गर्न सक्छ उ यो बजारमा टिक्छ , त्यसैगरी फोर्ड कम्पनी र यो ब्रान्ड पनि विश्व विख्यात ख्याती प्राप्त कम्पनी हो । अन्तराष्ट्रिय बजारमा यसले आफ्नो छुटै पहिचान बनाईसकेको छ । अक्सर विभिन्न कम्पनीका उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्दै आइराखेको अवस्थामा फोर्डका उत्पादन पनि नेपाली ग्राहकले अत्याधिक मन पराएका हुनाले ग्राहकको चाहना र माग बमोजिम हामीले यस शोरुमको आवश्यकता महसुस गरेका हौ। चितवन देशकै केन्द्रमा भएकोले र अन्य छिमेकी जिल्लाको लागि पनि सहज भएको कारण हामीले शोरुम स्वरुप यसअघि नारायणगढमा रहेपनि यसलाई विस्तार गरी रिजालचोकमा राखेका हौं । यसको कभरेज क्षेत्र पश्चिममा नवलपरासी र पूर्वमा विरगंज , मुग्लिङसम्मको क्षेत्र पर्दछ । त्यसैले यहांँका ग्राहकहरुको चाहना एवं सेवाको लागि फोर्ड ब्रान्डका गाडीको शोरुमा अपरिहार्य भएको छ ।
४) गाडी किन्न आउने ग्राहकले के के सुविधा पाउंँछन ?
बिशेषगरी गाडी खरीद गर्न आउने ग्राहकको लागि सहज तरिकाले वित्तिय सुविधा उपलब्ध छ र यसका सर्भिसिङ्ग, पार्टसको उपलब्धता र एक्सचेन्ज गर्ने सुविधा पनि दिएका छौं र ग्राहकले गाडी बिक्री गर्न चाहेमा पनि हामीले उचित मुल्यमा खरिद गर्छौ ।
५)अन्य ब्रान्डका गाडी र फोर्ड ब्रान्डका गाडीमा के फरक छ ?
बास्तवमा भन्ने हो फोर्ड ब्रान्ड अन्तराष्ट्रिय गुणस्तरको ब्रान्ड हो । यो ब्रान्डसंँग अरु ब्रान्डका गाडी भन्दा बढी ग्राहकले रुचाएका छन । किनकी अटोबजारमा यो ब्रान्डले अलग्गै इतिहास रचेको छ । यसका लुक्स, मोडल र नेपाली माटो सुहाउंँदो र नेपाली ग्राहकले रोजेको खोजेको मोडलहरु उपलब्ध भएकोले पनि अरु ब्रान्ड भन्दा फरक छ । अर्को कुरा यस ब्रान्ड चढ्ने ग्राहकले अन्य ब्रान्ड चढ्नै मान्दैनन । किनकी यस गाडीमा सुरक्षाको हिसाबले विभिन्न प्रविधिसमेत जडान गरिएको छ । साथै यो गाडी मध्यम वर्गदेखि उच्च वर्गका ग्राहकलाई लक्षित गरी विभिन्न मोडल र मुल्यमा उपलब्ध छन ।
६) फोर्ड ब्रान्डका गाडीका बिशेषता के के छन ?
फोर्ड ब्रान्ड विश्व विख्यात जर्मनी कम्पनीको अन्र्तराष्ट्रिय ब्रान्ड हो यसले आफ्नो उत्पादनलाई कसरी अन्य कम्पनिका उत्पादनलाई प्रतिस्पर्धात्मक बजारमा स्थापित गर्दै अगाडि बढेको छ । मुख्य कुरा त भारतीय बजारका गाडीहरु भन्दा पनि यो ब्रान्डका गाडी तुलनात्मक रुपमा सस्तो छ । आर्कषक मोडल ,उच्च सुरक्षा सर्तकता , विभिन्न कलर र आर्कषक इन्टिेरियर डिजाइन भएकोले पनि ग्राहकको रोजाई बनेको छ । यस्तै सर्वसुलभ पार्टस, सर्भिसिङ्ग,मर्मत सुविधा उपलब्ध भएकोले पनि ग्राहक यस कम्पनीको गाडी प्रति ग्राहकको आकर्षण छ । यस्तै फूल अप्सन सहित , आरामदायी सीट, भर्टिकल क्लियरेन्स, अटो गेयर सिष्टम सुविधा जस्ता यसका अन्य थुप्रै बिशेषता छन ।
७)तपाईको शोरुममा कुन कुन मोडल तथा मुल्यका गाडीहरु उपलब्ध छन ?
हाम्रो शोरुममा सबै स्तरका ग्राहकलाई मिल्ने गाडीहरु उपलब्ध छन । बिशेषरी एउटा सानो परिवार, कार्यालयका कर्मचारी , विजनेशमेनदेखि ब्रान्ड लोयल हुने सम्मको गाडीहरु छन । हामीसंँग अहिले न्यूनतम २४ लाख ९९ हजार रुपैयांँदेखि १ करोड ७५ लाखसम्म पर्ने गाडीहरु छन । हामी कहांँ अहिले फिगो , अस्पायर, फ्री स्टाइल, इकोस्पोर्ट,रेञ्जर, इण्डिभर, सिग्नेचर, थण्डर मोडलका गाडीहरु उपलब्ध छन । जुन गाडीहरु विभिन्न गाडी र सीट क्षमता र पाओरमा उपलब्ध भएकोले पनि अन्य ब्रान्डका गाडी भन्दा बढी किफायती, बलियो र सुरक्षित छ । त्यसैले हाम्रो शोरुममा कम्तिमा दैनिक २० देखि २५ ग्राहकले भिजिट गर्छन र बूकिङ पनि उत्तिकै बढ्दो छ ।
८) कम्पनीले व्यवसाय बाहेक अन्य क्षेत्रमा के के सहयोग गर्दै आएको छ ।
हामी समाजमा बसेपछि सामाजिक दायित्व र धर्म निर्वाह गर्नैपर्छ । व्यवसाय गर्नु मात्र सामाजिक प्रतिष्ठा होइन । समाजमा हरेक नागरिकको आफ्नै दायित्व हुन्छ । जसका कारण कम्पनीले सामाजिक उत्तरदायित्व बहन अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आएको छ र गनुपर्छ पनि । यसबाट अलग्गै सन्तुष्ट प्राप्त हुन्छ ।
९)कम्पनिको भविष्यको योजना के छ ?
वास्तवममा हामीले भरतपुरमा रहेको यो एउटा शोरुमले मात्र ग्राहकलाई पर्याप्त सेवा पुगेको छैन । ग्राहकले अन्य जिल्लामा समेत शोरुमको माग गरिरहेका बेला थप शाखा विस्तार गर्न लागेका छौं । जसका कारण ग्राहकको चाप र मागलाई ध्यानमा राख्दै शाखा विस्तार गर्ने योजनामा छौं ।