
३० भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पूर्वी चितवनको कालिका नगरपालिकामा शनिवार वाल अधिकार सम्बन्धी अन्तक्रिया कार्यक्रम गरिएको छ । वालवालिकाले भोग्दै आएको समस्या र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा सरोकारवालाहरुसंग छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो । वाल दिवसको अबसरमा कालिका नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा नगर स्तरीय वाल सञ्जालका पदाधिकारी तथा सदस्यहरुले पहाडी क्षेत्रका वालवालिका लक्षित कार्यक्रम ल्याउन नगरपालिकालाई सुझाब दिएका छन । भौगोलिक विकटताका कारण विद्यालय टाडा भएर बीचमै पढाई छाड्नु पर्ने बाध्यकारी अबस्था रहेको भन्दै विद्यार्थीहरुले पहाडी क्षेत्रमा छात्रावास निर्माण गर्न र मावि विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन । कार्यक्रममा उपमेयर कल्पना भट्टराईले पहाडी क्षेत्रमा बसोवास गर्ने चेपाङ वालवालिकाका लागि छात्रावास बनाउने योजना अघि बढिसकेको बताइन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले ग्रामिण क्षेत्रका वालवालिकालाई सहज रुपमा शिक्षा प्रदान गर्न नगरपालिकाले कार्ययोजना बनाएर काम गर्ने बताए । उनले वाल अधिकार र वाल विवहा अन्त्यको लागि जनचेतना फैलाउन गर्नुपर्ने कामका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको बताए । कार्यक्रममा नगर स्तरीय वाल सञ्जाल,वडा स्तरीय क्लव,शिक्षक,नगरपालिकाका विभागिय कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर शिक्षा अधिकारी नारायण वाग्लेले वाल अधिकारको अबस्था,अधिकारका लागि भएका प्रयासहरुको बारेमा सहजीकरण तथा वालावलिका र जनप्रतिनिधिहरु बीच वाल अधिकारका विषयमा सवाल जवाफ गरिएको रोजगार संयोजक हरिशरण स्वोतीले जानकारी दिए ।