
३० भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
राष्ट्रिय वाल दिवसमा वाल अधिकार सम्बन्धी वाल क्लव स्तरीय बक्तृत्वकला तथा तृत्य प्रतियोगिता शनिवार गरिएको छ । रत्ननगर नगरपालिकाको सहयोगमा नगर स्तरीय वाल सञ्जालले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन उपमेयर विमला दुवाडीले गरेकी थिइन । सो अबसरमा उनले रत्ननगरलाई बाल अधिकारको हिसावले मुलुककै नमुना नगरपालिका बन्ने दावी गरिन । रत्ननगरलाई २०६७ साल भित्र वालश्रम मुक्त बनाउने र सन २०२० भित्र वालमैत्री घोषणा गर्ने लक्ष्य रहेको उनले बताइन । नगरभित्र रहेका श्रमिक वालवालिकाको संख्यालाई शुन्यमा झारेर वालमैत्री नगरपालिका बनाइने उनको भनाई छ । वक्तृत्वकला प्रतियोगितामा आशिष बन्जरा प्रथम,रोशनी रेग्मी द्धितीय र शुनिल थापामगर तृतीय भएका छन । उनीहरुले क्रमस ३ हजार ६५०,२ हजार ५५० र १ हजार ५०० पुरस्कार पाएका छन । त्यसैगरी नृत्य प्रतियोगिता तर्फ सिया लम्साल प्रथम,रोजिना श्रेष्ठ द्धितीय र एलिसा परियार तृतीय भएको महिला तथा वालवालिका शाखा प्रमुख रञ्जना पौडेलले जानकारी दिइन । उनीहरुले क्रमस ३ हजार ६५०,२ हजार ५५० र १ हजार ५०० पुरस्कार पाएका छन । दुवै प्रतियोगितामा नगर स्तरीय तथा वडा स्तरीय वाल क्लवमा आबद्ध विद्यार्थीहरुले सहभागिता जनाएका थिए । वाल सञ्जालकी अध्यक्ष रानिसा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, नगरपालिकाका प्रबक्ता राजेन्द्र हमाल,नगर स्तरीय वाल सञ्जालकी निर्वतमान अध्यक्ष युनिका ढकाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वाल सञ्जालका सचिव सहज खनालले सञ्चालन गरेका थिए ।