
३० भाद्र, ललीतपुर
नेपालीको आवाज अनलाईन न्युज डेस्क
नेपालका लागि नेपाली नामक संस्था मार्फत आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई प्रहरीले ललितपुरबाट शनिवार सांझ नियन्त्रण लिएकोमा आज (आईतबार) थुनामुक्त गरेको छ ।
बिहीवार नेपालगञ्ज विमानस्थलमा फर्कने क्रममा आफु ढिलाई आई जहाजलाईनै रोक्न लगाएर यात्रुलाई दुःख दिएको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।
ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहका अनुशार आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर छोडिएको र शाहीलाई एकपटकलाई सुध्रीने मौका दिएको बताईन ।
शाहीलगायतका युवाले गत शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए तर उता नेपालगञ्ज बिमानस्थ र बुद्ध एयरले भने मात्र १५ मिनेट ढिला भएको जनाएका छन् ।