३० भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

सोमबारका यूनिसेफ नेपाल र रत्ननगर नगरपालिकाको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघद्धारा संचालित बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रम अन्र्तगत रत्ननगर नगरपालिका वडा नं. १४ लाई बालमैत्री तथा बाल श्रम मुक्त वडा निर्माणका लागि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाल बचाऊ, बाल संरक्षण, बाल विकास र अर्थपुर्ण बाल सहभागिता जस्ता बालबालिकाका अधिकार सम्बन्धी सरोकारवालासँग अन्र्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बाल संरक्षण तथा बाल श्रम न्यूनिकरण कार्यक्रमका सन्तोष रेग्मीले बाल अधिकार र बालमैत्री वडा घोषणाका लागि पुरा गर्नुपर्ने प्रक्रियाका बारेमा सहजीकरण गर्नुभएको थियो ।
संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षता र रत्ननगर १४ का वडा अध्यक्ष हरि कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका अध्यक्ष राजाराम रेग्मीले कार्यक्रमको उद्वेश्य माथि प्रकाश पार्नु भएको थियो । वडा नं. १४ का वडा अध्यक्ष हरि कुमार श्रेष्ठले बालमैत्री तथा बाल श्रम मुक्त वडा निर्माणका लागि आफु र आफ्नो वडा बासीहरु प्रतिबद्व रहेको बताउनु भयो । कार्यक्रममा सो वडाका जनप्रतिनिधि, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि,बाल संरक्षण समितिका पदाधिकारी तथा सदस्य, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
साथै रत्ननगर १४ मा रहेको जनजागृति माध्यमिक विद्यालयका बिद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बाल संरक्षण तथा बाल श्रम न्यूनिकरण कार्यक्रमका लक्ष्मी पौडेलले बालमैत्री वडा घोषणाका लागि आवश्यक सुचक तथा सुचक पुरा गर्न बालबालिकाको भुमिकाको बारेमा सहजीकरण गर्नुभएको थियो । विद्यालयमा भएको कार्यक्रम वडा नं. १४ का वडा अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया