३१ भाद्र, काठमाडौँ
नेपालीको आवाज अनलाईन न्युज डेस्क

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी तीनदिन निरन्तर मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । आज (मंगलबार) बिहानै देखीनै देशभर मेघ गर्जन सहित पानी परेको छ ।
महाशाखा मौषमविदका अनुसार न्युन चापीय रेखा उत्तरतर्फ सरेको र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ। हाल पुर्वी तराइ, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाँकि भु-भागमा पनि आँसिक देखि सामान्य बादलिको अबस्था छ।

महाशाखाले देशका केहि स्थानहरुमा मेघ गर्जन चट्टङ्सहितको वर्षा हुने साथै मध्य तथा पुर्वी भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिन भाद्र ३१ गते, असोज ०१ गते, असोज ०२ गते देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुने र देशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया