महेश पाण्डे
१ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

बिगत लामो समय देखि अण्डा संघमा भएको बिवादले चुनाव पश्चात अण्डा उत्पादक संघ र सप्लार्य बिचमा मिलन जस्तो देखिएता पनि मनमा तिक्ताका रहेकै कारण पनि र सप्लायर्समा भएको आपसी अस्वस्थ प्रतिस्पर्धाका कारण अण्डा संघको केन्द्रिय कार्यलयले तोकेको ठुलो अण्डा प्रति क्रेट फार्ममा २७० र मिडियम अण्डा प्रति क्रेट फार्ममा २३० को रेटमा कारोबार नभई मनपरि रेट ठुलो अण्डा प्रति क्रेट फार्ममा २२० र मिडियम अण्डा प्रति क्रेट फार्ममा १६० सम्मको रेटमा कारोबार हुदा अहिले किसानहरु घरबाहर बिहीन हुने स्थितीमा पुगेका छन् । हुनत संघले तोकेको उक्त रेट आफैमा लागत मुल्य उठ्ने खालको भने नरहेको स्वंम संघले बताउदै आएको छ ।

यहि कुरालाई मध्य नजर गर्दै नेपाल दाना, अण्डा, कुखुरा बितरक संघले मंगलबार भरतपुरमा आयोजना गरेको अण्डाको बजार अवस्था बारे उत्पादक र बिक्रेता बीच अन्र्तक्रिया कार्यक्रममा अण्डा उत्पादक र बिक्रेता बिचमा एउटा सहमती भई अण्डाको नया मुल्य तोकिएको छ ।

जस अनुसार ठुलो अण्डा प्रति क्रेट फार्ममा २५० र मिडियम अण्डा प्रति क्रेट फार्ममा १७५ तोकीएको हो । जसको अनुगमनको लागि मदन चिरञ्जीवी पोख्रलको संयोजकत्वमा १२ सदस्यीय बजार ब्यवस्थापन, अनुगमन तथा एक्सन कमिटी गठन गरिएको छ । जसको सदस्यहरुमा क्रमशः बिनोद पोख्रेल, ज्योतेन्द्र श्रेष्ठ, मोहन कुमार श्रेष्ठ, राजु अधिकारी, राजु बराल, जनार्धन अधिकारी, पिताम्बर सन्जेल (काठमाण्डौ), चन्द्र बहादुर गुरुङ (पूर्व), भरत मणि शर्मा (पश्चिम), किशोर हमाल (प्रदेश नं. ७) र शोभाकान्त ढकाल (स्याङ्जा) रहेका छन् । त्यस्तै सोहि कार्यक्रमबाटनै बिर बहादुर गुरुङ (संयोजक), राजु अधिकारी (सह संयोजक) रहने गरि तयारि कुखुरा तथा बजार अनुगमन समिती समेत गठन गरिएको छ ।

नव गठित समितीका सदस्य तथा कार्यक्रमका संयोजक बिनोद पोख्रेलले अबका दिनमा यो समितीले यदि कसैले रेटलाई तलमाथी गरेको देखिएमा ठाउको ठाउ कार्वाही गरिने बताए । उनले यो बताई रहदा हलमा उपस्थित सबैले तालिका साथमा एकबद्धता प्रकट गरेका थिए । उनले यो कार्यक्रम देशब्यापी कार्यक्रम भएकाले सो कार्यक्रममा उपस्थित सबै बजारको प्रतिनीधित्व जनाउने ब्यक्तित्व भएका कारण सबैले चाहेमा यो सम्भव भएको पनि बताए । उनले अब किसानले कति घाटा खायो भनेर क्यालकुलेटरमा पनि हिसाब नआउने स्थिती भईसकेको बताउदै अब उत्पादक र बितरक मिलेर जानुको कुनै बिकल्प नभएको बताए ।

कार्यक्रममा उपस्थित अधिकांस किसानहरुले अब किसानहरु यो पेसाबाट पलाएन हुने अवस्था आएको बताए । कहिले भाउ, कहिले रोग अनि कहिले दानाको महगींले गर्दा अब किसानहरु घरबाहर बिहिन हुन पर्ने अवस्था आईसकेको र कतिपय भईसकेको पनि बताए ।

किसानका प्रतिनीधि तथा पुर्वी चितवन कुखुरा ब्यवसायी मञ्चका उपाध्यक्ष समेत रहेका द्रोण लामिछानेले भाग्यमानी ब्यवसायी भनेर कुनैदिन चिनिएको ब्यवसाय अहिले आएर अभागी ब्यवसायी बन्ने अवस्था आएको बताए । उनले अहिले सम्म धेरै किसान सहिद भईसके र अब पनि रेट नआए अझै धेरै सहिद हुने अवस्था रहेको बताई रहदा सबै स्तब्ध थिए ।

कार्यक्रममा प्रमुख अतिथी कुखुरा ब्यवसायी मञ्चका अध्यक्ष ऋषीराम पौडल, बिशिष्ट अतिथी क्रमशः नेपाल पोल्ट्रि महासंघका केन्द्रिय तृतीय उपाध्यक्ष अर्जुन कुमार अर्याल, नेपाल दाना बितरक संघका पुर्व अध्यक्ष तथा पोल्ट्रि बिशेषज्ञ तिलचन्द्र भट्टराई त्यस्तै अतिथीहरुमा क्रमशः नेपाल पोल्ट्रि महासंघका सचिव त्रिलोचन कंडेल, नेपाल अण्डा उत्पादक संघका संस्थापक अध्यक्ष दिपक खनाल, नेपाल अण्डा उत्पादक संघका पुर्व अध्यक्ष राजेन्द्र लामिछाने, मकवानपुर कुखुरा ब्यवसायी मञ्चका अध्यक्ष राजु अधिकारी, प्रदेश नं ७ कुखुरा ब्यवसायी मञ्चका संयोजक किशोर हमाल लगाएतकाको उपस्थिती रहेको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष तेजनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया