१ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

असोज ३ र ४ गते तमू प्ये ल्हु संघ चितवनले १५ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिबेशन गर्ने भएको छ । संघले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी यस बारे जानकारी दिएको हो । ३ गते हुने साधारण सभामा बिभिन्न प्रतिवेदनहरु पेस गरिने संघका अध्यक्ष जगत बहादुर गुरुङ्ले जानकारी दिए । यस्तै ४ गते हुने अधिबेशनले नयाँ कार्य समिती चयन गर्नेछ ।

साधारण सभामा संघको चितवनमा रहेका १८ वटा इकाईबाट करिब ७ सय जना उपस्थित हुने पत्रकार सम्मेलन संयोजक तुलाराम टु तमुले जानकारी दिए । बिभिन्न जिल्लाका पदाधिकारीहरुको पनि उपस्थिती रहने उनले बताए ।यस्तै साधारण सभाको अवसरमा १८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने संघले जनाकारी दिएको छ । सोही दिन संघले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि सम्मान गर्ने जनाईएको छ ।

कपडा बैंकलाई कपडा हस्तान्तरण


तमू प्ये ल्हु संघ चितवनले सामाजिक जागरण क्लबले रत्ननगर टाडीमा स्थापना गरेको कपडा बैंकलाई कपडा सहयोग गरेको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत संघले कपडा बैंकलाई करिब ५०० थान कपडा सहयोग गरेको हो । संघका अध्यक्ष जगत बहादुर गुरुङ्ले क्लबका कार्यक्रम संयोजक नेत्र गुरुङलाई उक्त कपडा हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया