१ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

भरतपुर महानगरपालिका ११ मालपोत चोकका २५ बर्षिय उदार पौडेल नारायणी नदिमा हाम फालेपछि वेपत्ता भएका छन् । आज (बुधवार) विहान नारायणी नदि पुलबाट हाम फालेका पौडेल वेपत्ता भएका हुन् । गैडाकोटबाट नारायणगढतर्फ साथीको स्कुटीमा जाँदै गरेका भरतपुर महानगरपालिकाको करकार्यालय नजिकै घर भएका २५ बर्षीय उद्दार पौडेल बुधबार विहान साढे १० बजेतिर नदीमा हाम फालेका हुन् ।

वेपत्ता पौडेलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हामफाल्ने युवाको पछिपछि आएका अर्का एक युवाले तानेर रोक्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पुलको पश्चिम पटिबाट हाम फाल्न खोजेका युवालाई अर्का एक युवाले रोकेपनि ति युवा भागेर पूर्व पटिबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् । युवा हाम फाले लगतै एक युवती आएर ठूलो स्वरमा कराउदै रोएकी थिइन् ।

तपाईको प्रतिक्रिया