१ अशोज,दाङ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी निवासी एक बालकलाई भारतको हिमाचल प्रदेशवाट उद्धार गरि घर ल्याउने टिमलाई बुधबार दाङमा भब्य स्वागत सम्मान गरिएको छ । गत चैतमा १४ बर्षीय विशाल चौधरीलाई ललाई फकाई गरि तुलसीपुर ७ हलवार निवासी भिनाजु नातापर्ने काजु चौधरीले भारतको हिमाचल प्रदेशमा लगेर एक श्रम सिविरमा विक्रि गरेको पीडित बाललके बताएका छन् ।
अतेन्तै कष्टकर जीवन व्यथित गर्दै आएका बालक विशाललाई भारत हिमाचल प्रदेशको सिमलामाबाट जोखिम मोल्दै उद्दार गरेर नेपाली पत्रकार र सामाजिक अभियान्ताको टोलिले मगलबार मात्रै परिवार र स्थानीय सरकारको जिम्मालगाएका थिय ।
कञ्चनपुुरका पत्रकार दिपेन्द्र बस्नेत,जुम्ला जिल्लामा घर भई हाल ललितपुरमा बस्दै आएका उद्दारमा प्रमुख भुमिका खेल्ने प्रतिक विष्ट (अमर) र प्रेस युनियन कैलालीका का अध्यक्ष श्रवन देउवा लगायतको टिमलाई रिपोर्टस क्लब दाङले एक कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेको हो ।
सो अबसरमा बोल्दै बिशाल चौधरिको उद्दारमा प्रमुख भुमिकामा रहनुभएका प्रतिक बिष्टले धेरै मेहनत र समन्वय पछि बिशालले काम गरिरहेको स्थानमा पुग्न सफल भएको बताउनुभएको छ ।उहाले भन्नुभयो “ मैले भारतमा बेचिएका ३५ जना बालबालिका र महिलाहरुको समेत उद्दार गरेर घर फर्काएको छु “ तर सबैभन्दा जोखिम मोलेर नेपाल ल्याएको यो पहिलो घटनाहो “ । उहाले बालबालिकालाई ललाई फुलाई भारत लग्ने र विभिन्न श्रम शिबरि तथा कोठिहरुमा पुर्याउने नेपालमा ठुलो गिरोह सक्रिय रहेको भन्दै सबैलाई सचेत रहन समेत
अनुरोध गर्नुभएको छ ।
रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले यति ठुलो मानबिय सेवाको समाजले कुनैपनि मूल्य तिर्न नसक्ने भन्दै सबैलाई धन्यवाद दिनुभयो । उहाले समाजमा हुने गलत क्रियाकलापका बिरुद्धमा सबै एक भएर लाग्नुपर्ने समेत बताउनुभयो । हरेक अभिभावकले आफ्ना छोराछोरि र छरछिमेकमा रहेका परिवारको सुरक्षामा समेत उचित हेरबिचार गर्नुपर्नेमा जोड दिदै भन्नुभयो समाजको सुरक्षाप्रति पनि स्थानीय प्रहरी प्रशासन चनाखो भएर लाग्नुपर्छ ।
कार्यक्रममा रेडियो सञ्जिवनि एफएमका सहायक म्यानेजर चेतन रेग्मी ,चलचित्र पत्रकार सङघ दाङका सचिब सन्तोष केसि लगायतले उद्दारमा खटिएका सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गर्नुभएको थियोे ।