
१ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर नगरपालिका वडा नम्बर १४ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा निर्माणका लागि आज बुधबार जनोदया माध्यामीक विद्यालयमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघद्धारा संचालित बाल संरक्षण तथा बाल श्रम न्यूनिकरण कार्यक्रमले रत्ननगर नगरपालिका वडा नम्बर १४ को जनोदया मा.वि.मा कार्यक्रमकोे आयोजना गरेको हो । वडालाई बालमैत्री तथा बालश्रम मुक्त वडा बनाउने लक्ष्यका साथ आयोजित उक्त कार्यक्रम सोहि वडाका वडा अध्यक्ष हरि कुमार श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न भएको थियो ।
बुधबार संचालन गरिएको सो अन्र्तक्रिया कार्यक्रममा बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका सन्तोष रेग्मीले वडाको वर्तमान अवस्था र बालमैत्री तथा बाल श्रम मुक्त वडा घोषणाका लागि विद्यार्थीले पु¥याउन सक्ने योगदानको बारे जानकारी गराउँदै सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज शर्मा र बाल क्लबका अध्यक्ष सन्देश कँडेलले छोटो मन्तब्य राख्नु भएको थियो । वडा अध्यक्ष हरि कुमार श्रेष्ठले मन्तव्य राख्दै वडालाई बालमैत्री तथा बालश्रम मुक्त घोषणा गर्नका निमित्त आफु र आफ्नो सम्पुर्ण वडाबासीहरु प्रतिवद्ध रहेको जानकारी गराउनु भएकोे थियो । उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु, वडास्तरिय बाल संरक्षण समितिका सदस्यहरु, अनुगमन समितिका सदस्यहरु, विद्यालयका प्रधानाध्यापक,शिक्षक,टोल विकास संस्थाका अध्यक्षहरु, विद्यार्थी र अन्य गरि जम्मा ९१ जनाको उपस्थिती रहेको थियो ।