३ असार, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

लायन्स क्लव अफ चितवन राईनो सिटी, लायन्स क्लव अफ चितवन सौराहा,लायन्स क्लव अफ रत्ननगर मिड नेपाल,लायन्स क्लव अफ रत्ननगर पिस र लायन्स क्लव अफ चितवन कालिका , नेपाल नेत्र ज्योति संघ तथा कालिका नगरपालीकाको संयुक्त आयोजनामा भाद्र २८, ३०, ३१ र असोज १ गते सम्म ४ दिन क्रमश खोलेसिमल, पदमपुर, शक्तिखोर र सिद्धिमा रहको हेल्थ पोष्टहरुमा निशुल्क आंखा सिविर सम्पन्न भएको छ ।
कार्यक्रममा ८९४ जना बिरामीले आंखा जांच गराएकोमा ९९ जनाको अप्रेसन निशुल्क गरिएको कार्यक्रमका संयोजक रिजन चियर पर्सन कृष्ण लाल श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमका आयोजक मध्यका एक लायन्स क्लब अफ रत्ननगर मिडनेपालका संस्थापक अध्यक्ष तथा डिस्ट्रीक प्रोग्राम कोर्डिनेटर शुरेस चन्द्र अचार्यले लायन्स भनेको सेवा नै धर्म हो भन्दै खोलिएको र र आफु भन्दा कम भाग्यमानीलाई सहयोग गर्न पाउनु खुशिको कुरा नेपालीको आवाज अनलाईनलाई भएको बताए ।

लायन्स क्लव अफ चितवन कालिकाका अध्यक्ष सुर्दशन अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख खुम नारायण श्रेष्ठ, वडा अध्यक्ष विनोद रेग्मी,लायन्स क्लवका पूर्व डिष्टिक गर्भनर राजकुमार श्रेष्ठ, डिष्टिक एडभाइजरहरु दीपक खतिवडा, योगेन्द्रनाथ अधिकारी, रिजन चियर पर्सन तथा आँखा शिबिर कार्यक्रम सम्योजक कृष्णलाल श्रेष्ठ, लायन्स क्लव अफ चितवन राईनो सिटीका पूर्व अध्यक्ष ओमलाल सापकोटा, भरतपुर आँखा अस्पतालका प्रशासन प्रमुख दया शंकर चौधरी, अस्पतालका कार्यक्रम सम्योजक रमेश घिमिरे, लगायतले मन्तव्य राखेका थिए ।

सो शिबिरमा डा.सन्तोष पौडेल, सृृृृृृस्टि पौडेल, प्रिया चौधरी लगायत को टोलिले बिरामीको आँखा उपचार गराएका थिए ।

तपाईको प्रतिक्रिया