
४ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवनको रत्ननगरमा साझ रत्नननगर युवा समाज र युनिक युथ क्लबले संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरेका छन । रत्ननगर १, बकुलहर चोकमा उक्त दिप प्रज्वलन गरिएको हो ।
धेरै त्याग र बलिदान बाट मात्र नेपालको संविधान बनेकोले यसको खुशियालीमा दिप प्रज्वलन गरिएको आयोजक मध्यका एक युनिक युथ क्लबका अध्यक्ष बिकाश पौडेलले बताए ।
दिप प्रज्वलन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उप मेयर बिमला देवि दुवाडीको प्रमुख आतिथ्यता रहेको थियो । उनले युवाहरुले यसरी संविधान दिवसमा दिप प्रज्वलीत गर्नु खुशिको कुरा भएको बताईन । कार्यक्रम रत्नननगर युवा समाजका अध्यक्ष बिशाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।