४ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

कुमरोज मध्यवर्ती सामुदायिक वन कुमरोजको शुक्रबारको नियमीत बैठकले साविक कुमरोज गाविस भित्र स्वच्छ खाने पानि जडान र सुत्केरी महिलालाई पोषण खर्च वापत आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सिम्रहनी स्थित नर्सरी बल्कमा वनका अध्यक्ष्य गणेश कुमार श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न वैठकले सो निर्णय गरेको हो ।

जस अन्तर्गत स्वच्छ खाने पानि जडानको लागि ६ हजार र सुत्केरी महिलालाई पोषण आहरको लागि रु २ हजारका दरले उपलव्ध गराउने निर्णय गरेको वनका कोषाध्यक्ष उज्जवल वर्तौलाले जानकारी दिनुभएको छ ।
यस अभियान लागु भए सगै उपभोक्तहरु स्वच्छ खाने पानि .जडान गर्ने संख्या वृद्धि हुने र पानि वाट लाग्ने रोग वाट वच्न सहयोग गर्ने र सुत्केरी महिलालाई पोषण वापत उपलव्ध हुने रमकले सुत्केरीको स्वास्थयमा ठुलो टेवा पुग्ने वनका उपाध्यक्ष सानोकाजी कुवरले बताउनु भएको छ ।
साथै वनले उपभोक्ताका समस्यालाई वुझदै थप नया कार्यक्रम ल्याउने र उपभोक्ता मैत्री वन निमार्ण गरिने वनका सचिव श्याम बराकोटीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया