महेश पाण्डे
४ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पुरानालाई सम्मान, नयालाई प्रोत्साहन भन्ने नाराका साथमा चितवनको रत्ननगरमा शुक्रवार संबिधान दिवसको अवसर पारेर वरिष्ठ कविहरुको कविता वाचन तथा खुल्ला कविता वाचन प्रतियोगित सम्पन्न भएको छ ।
रत्ननगर उद्योग वाणीज्य संघको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रम रत्ननगर रोटरी पुस्तकालय तथा रत्ननगर उद्योग वाणीज्य संघले संयुक्त रुपमा आयोजना गरेका थिए । कार्यक्रममा २० जना प्रतियोगी तथा २० जना अप्रतियोगी रहेकोमा यमुना न्यौपाने प्रथम, संगम संयोग द्धितीय र मिरा तिमल्सीना तृतीय भएको रत्ननगर रोटरी पुस्तकालयका संयोजक उपेन्द्र आचार्यले नेपालीको आवाज अनलाईनलाई जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं. ३ का सांसद कृष्ण खनाल, बिशिष्ट अतिथी क्रमशः रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, वरिष्ठ साहित्यकार रामबावु घिमीरे, वरिष्ठ साहित्यकार ईन्द्र रेग्मी त्यस्तै अतिथीहरुमा क्रमशः साहित्यकार तथा रत्ननगर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तिलक राज शर्मा, संघका पुर्व अध्यक्षहरु ज्ञान बहादुर बिसुराल, हरि शरण पाठक, केशव नारायण श्रेष्ठ, नारायण काजी श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, रत्ननगर रोटरीका अध्यक्ष बिपीन पोख्रेल लगाएतका रहेका थिए ।
कार्यक्रममा निर्णाकहरुमा साहित्यीक ब्यक्तित्वहरु क्रमशः केशवराज आमोदी, प्रकाश चापागाई, लक्ष्मी बराल रहेका थिए । कार्यक्रममा रत्ननगर उद्योग वाणीज्य संघका अध्यक्ष राजराम रेग्मीले उपस्थित सबैलाई स्वागत मन्तव्य सहित स्वागत गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले समापन गरेका थिए ।