महेश पाण्डे/बिपीन शर्मा आचार्य
४ असोज, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

नेपाली चलचित्रका फेरि शुखद दिनहरु सुरु हुन थालेका छन् । केहि समय अघि मात्र राम्रा चलचित्रकै कारण दर्शकहरु हल सम्म आउन नसकेको परिप्रेक्षमा फेरि शुक्रबार देखि रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले सुखद लक्षण दिएको छ ।

प्रदर्शनमा आएको पहिलो दिननै देश भरिका सिंगल र मल्टिप्लेक्समा चलचित्रले दर्शकको ठुलो साथ पाएको छ । चलचित्रले देशका सबैजसो हलमा हाउसफुलको व्यापार गरेको छ ।चलचित्रले पछिलो समय ‘छक्का पन्जा ३’ पछि सबै भन्दा ठुलो ‘ओपनिङ’गरेको छ ।

संविधान दिवसको दिन आज सार्बजनिक बिदाले गर्दा पनि चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले राजधानीको मल्टिप्लेक्सहरु तथा गोपी,अष्टनारायण, गुण, गंगालगायतका सिंगल हलमा फिल्म हेन्रे दर्शकको ठुलै भिड लागेको थियो ।चलचित्रले राजधानीभित्र झैँ बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आज मात्रै चितवनमा १० लाखको हाराहारी व्यापार गरेको छ भने पोखरामा यसको नजिकको व्यापार गरेको छ ।पछिलो समय नेपाली फिल्म हेर्ने दर्शकको संख्या घटेको बेला ‘कबड्डी कबड्डी कबड्डी’ हेर्न भने जनसागर नै हलमा उल्रिएको छ ।

चलचित्र कबड्डी कबड्डी कबड्डीले यो बर्षकै ठूलो ओपनिङ गर्न सफल भएको छ । यो फिल्मले आज राजधानी तर्फ ८० लाख र मोफसल तर्फ ६७ लाख गरी कूल १ करोड ४७ कलेक्सन गर्न सफल भएको हो ।

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपसना सिंह ठकुरी,कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गरुङ, कविता आले, लोनिभा तलाधर, कमल मनी नेपाल अरुणा कार्की पोखरेल, शिला खनाल मनी के. राई लगायत कलाकारको अभिनय रहेको छ ।

‘कबड्डी कबड्डी कबड्डी’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।चचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको छ । ‘कबड्डी कबड्डी कबड्डी’को कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।शैलेन्द्र डि. कार्कीले छायांकन गरको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

चलचित्रको कथा पोखरा आसपास बाटनै सुरु हुन्छ । यस फिल्मको अगाडिका दुई भाग पनि लगभग त्यहि शेरोफेरोमा बनेको थियो त्यसैले पनि यो तेस्रो भाग पनि त्यसैका अगाडीको कथा हो भन्न सकिन्छ ।

फिल्म समिक्षा

चलचित्रको कथा पोखरा आसपास बाटनै सुरु हुन्छ । यस फिल्मको अगाडिका दुई भाग पनि लगभग त्यहि शेरोफेरोमा बनेको थियो त्यसैले पनि यो तेस्रो भाग पनि त्यसैका अगाडीको कथा हो भन्न सकिन्छ । कथाकार उपेन्द्र सब्बाले गुरुङ संस्कृतीमा मामा चेला फुपुचेलामा बिहे गर्न मिल्ने कुरालाई राम्ररी बुझेर यो कथा बुनेको देखिन्छ । यो फिल्मको मुख्य रमाईलो पक्ष भनेको नायक दयाहाङ राईले सिम्पल तरिकाले बोल्ने तरिका हो जुन सुन्द दर्शकको हासो उस्तै सुन्न सकिन्थ्यो ।

हामी शुक्रबार ईन्द्रदेव हल, नारायणगढ पुग्दा त्यस्तै देख्यौ । करिब २ घण्टाको फिल्ममा पहिलो हाप सम्म भने दर्शक राम्रै हासेका र रमाएका देखिन्थ्ये । हामीले हल सञ्चालक हरि रेग्मीसंग दर्शकको उपस्थितीको बारेमा सोध्यौ उनले राम्रो उपस्थिती रहेको कुरा बताए ।

फिल्मको लागि जुन लोकेशन रोजिएको छ त्यो पनि यो फिल्मको अर्को सबल पक्ष मान्न सकिन्छ । निर्देशक राम बावु गुरुङको पनि तारीफनै गर्न पर्ने हुन्छ यो फिल्मममा किनकी उनले जुन टिपीकल किसीमका सामान्य डाईलगलाई पनि रमाईलो र गहन ढङ्गबाट प्रस्तुत गरेका छन् ।
समग्रमा फिल्म राम्रो भएपनि यसका केहि कमजोरी पनि छन । त्यो हो दमदार अन्त्य नहुनु । फिल्म भाग २ को अन्तीम सिनबाट प्रभावीत भएको देखिन्छ । मात्र पात्र फरक तर लगभग उहि अन्त्य गर्नु फिल्मको कमजोरीनै हो भन्ने लाग्यो हामीलाई पनि । यसलाई फिल्म निर्माण पक्षले बुझेर वा बुझिबुझि पनि सोहि सिन दोहोराएको जस्तो देखिन्छ ।

समग्रमा यो फिल्म पैसा वसुल फिल्म हो जस्तो लाग्छ । अब चौथो भाग पनि आउने निश्चित छ । तर चौथो भागमा भने उहि अन्तिमको सिन नदोहोरीए राम्रो हुने देखिन्छ । हामी पनि तपाईलाई एक पटक फिल्म हेरी आनन्द लिन आग्रह गर्दछौ ।

तपाईको प्रतिक्रिया