४ असोज, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

नया चितवन मेडिकल कलेजमा अध्ययनरत बिद्यार्थीले लगातार रुपमा आन्दोलन गरेपछि अन्तत कलेज झुकेको छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि आन्दोलित विद्यार्थी र चितवन मेडिकल कलेजबीच शनिबार भएको वार्तामा सहमती जुटेको हो । सहमती अनुसार सरकारले तोकेको भन्दा लिइएको बढी रकम ३० दिनभित्र फिर्ता वा समायोजन गर्न मेडिकल कलेज सहमत भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा आन्तरीक समस्या, मागका विषयमा विद्यार्थी र कलेज प्रशासनले छलफल गरेर टुंग्याउने, आईतबारदेखि सबै आन्दोलनका कार्यक्रम स्थगीत गरी पठनपाठन संचालन गर्ने, बढी शुल्क फिर्ता वा समाजोजन गर्दा केही समस्या आए समाधान गर्न समिति गठन गर्ने सहमती भएको छ ।

शुल्कको विषयलाई लिएर विद्यार्थीहरु तीन सातादेखी पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीहरुले विना रसिद कलेज प्रशासनले रकम असुलेको भन्दै विरोध गर्दै आएका थिए ।

मन्त्री परिषदको गत असोज २८ गते बसेको बैठकले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौं उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडिएसका लागि १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क निर्धारण गरेको थियो । तर त्यस भन्दा करिब ४,५ लाख बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित थिए ।

तपाईको प्रतिक्रिया