४ असोज, कोहोलपुर
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेका छन् ।
ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका गरी सय जति चल्ला बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया