महेश पाण्डे
४ असोज, चितवन
नेपालीको अवाज अनलाईन न्युज डेस्क

शनिवार रत्ननगरमा सम्पन्न भएका रत्नश्री बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षीक साधारण सभा तथा छैठौं अधिवेशनबाट राजेन्द्र न्यौपान को अध्यक्षतामा ११ सदस्यीय कार्य समिती तथा ३ सदस्यीय लेखा समिती गठन गरको छ ।

समितीको उपाध्यक्षमा कलाधर पौडेल, सचिवमा दिपक चन्द्र घिमीरे, कोषाध्यक्ष शिवहरी भण्डारी, सह सचिव शुरेस चन्द्र आचार्य, सदस्यहरुमा क्रमशः रामचन्द्र सुवेदी, मिस्टर बावु घिमीरे, खगनाथ पाराजुली, ओमकार पौडेल,अनिता प्रसाई र अनु गौतम लगाएतका रहेका छन् । त्यस्तै लेखा समिती संयोजकमा नारायण बावु श्रेष्ठ, सदस्यमा क्रमशः सुर्दशन आचार्य, नगेन्द्रराज पाण्डे रहेका छन् । आजनै शिक्षा उप समिती पनि गठन गरिएको छ जसको संयोजकमा एक बहादुर जिसी र सदस्यमा केशव प्रसाद लामिछाने रहेका छन् । त्यस्तै अनुगमन समितिमा शिवकान्त पौडेल र ठाकुर प्रसाद पौडेल रहेका छन् ऋण समितीमा उपाध्यक्ष संयोजक रहने गरि सदस्यमा राम प्रसाद पौडेल चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सरकारले नया सहकारी निती मार्फत सहकारी मर्ज गर्ने कानुन बनाई सकेकोले अब रत्नगरका एउटै उद्देश्य भएका उस्तै उस्तै सहकारीलाई मर्ज गर्ने तर्फ अगाडी बढाउने जानकारी दिए । उनले भने “हामीले रत्ननगरमा सञ्चालनमा रहेका सहकारीले आफ्नो क्षेत्र भन्दा बाहिर पनि कारोबार गरेको पाएकाछौ त्यो काम तत्काल बन्द होस अब चाडैं त्यस्ता सहकारीको अनुगमन गरिन्छ र तत्काल कार्वाही पनि गरिनेछ ।” उनले आजकालका सहकारीमा खान पुग्नेमात्रको देखिएको र ब्यवसायी मुखि नभएको गुनासो समेत गरे ।

कार्यक्रमको बिशिष्ट अतिथी रत्ननगर नगरपालिकाकी उप मेयर बिमला देवि दुवाडीले जब सम्म बिश्वास छ सदस्यहरु शहकारीमा बस्छन जब हुदैन कोही नबस्ने भन्दै आज यो सहकारीले समाज सुधारमा के के कार्य गर्यो ?, कतीलाई ब्यवसायीक बनायो ? भन्ने प्रश्न गर्दै अबको सहकारीले समाज सुधारका कार्यहरु पनि आवश्यक रहेको बताईन ।

रत्नश्री सहकारीले साधारण सभाका अवसरमा नियमीत रुपमा खुत्रुके बचत गर्ने १६ जना शेयर सदस्य, ७५ वर्ष नाघेका जेष्ठ शेयर सदस्यका १२ जना बुवा आमा त्यस्तै एस.ई.ईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई नगद सहित सम्मान गरेको थियो ।

कार्यक्रमको समापन गर्दै सहकारीका अध्यक्ष लोकनाथ पाण्डेले कार्यक्रमको समापन गर्दै शेयर सदस्यले सहिलाई सहि र गलतलाई गलत भन्ने बानी बसाल्न आग्रह गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया