
महेश पाण्डे
५ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
सरकारले बेलैमा मल आयातका लागि सम्झौता गर्न नसक्दा अहिले देशैभरी रसायनीक मलको अभाव देखिएको छ । यसको प्रत्यक्ष प्रभाव अहिले धान रोपेर मल छर्न नपाएका धानबारीको धान खेतमा छ । चितवन गड्यौलीका किसान सुकदेव महत्तोले आफुले १० गठ्ठामा लगाएको धान रोपाई गरेको ३ महिना भए पनि एक गेडा दाना मल पनि नपाएको गुनासो गरे । मल लिनलाई हरेक दिन साझामा गए पनि फेरि आउनुस आएको छैन भन्ने जवाफ सुनेको बताउदै आफुमात्र नभई गाउका अरु किसानले पनि मल नपाएको गुनासो ब्यक्त गरे ।
चितवन मोहनाका अर्का किसान कान्छा महत्तोले आफुले करिब एक बिगाह क्षेत्रफलमा धान खेति गरेकोमा मात्र एक बोरा मल अर्थात १० किलो मल पाएको गुनासो गरे जसले पुरा जग्गामा छेउ टुप्पो हुने स्थिती नभएको गुनासो गरे ।
उनले नेपालीको अवाज अनलाइनसंगको कुराकानीका क्रममा उनले भने “हामीलाई मल पाईन्छ भन्ने लोभमा रोग नलागेको धानको लागि करिब ६ सयको औषधी पनि भिडाईयो तर मल भने दिईएन ।” हामीले उनिसंग त्यसको बिल माग्दा भने उनले धानमा औषधी छर्ने बेलामा च्यातीएकोले फालेको बताए तर उनलाई हामीले यो प्रश्न दोहोराई दोहोराई सोध्दा भने उनले औषधी भिडाएको कुरा भने सहिनै भएको बताए ।
चितवन रत्ननगरमा मल बितरण गर्ने संस्था जन जागृती सहकारी संस्था लि.द्धारा सञ्चालीत साझा सहकारीका अध्यक्ष रमाकान्त पौडेलले मल आयात हुन नसकेका कारणलेनै मल बितरण गर्न नसकीएको बताए । कृषी तथा साल्ट ट्रडिङबाट आउनु पर्ने भएकोमा त्यहा बाटनै मल नआएका कारण बाढ्न नसकीएको बताए ।
किसान कान्छा महत्तोले भनेको यो कुरा भिडीयोमा हेरौं