५ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

राप्ती नगरपालिका १ मा रहेको सुरदेवी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा नेपाली कांग्रेस निकटका वासुदेव आचार्य निर्वाचित भएका छन् भने नेकपाले पराजय व्यहोरेको छ । यो संगै चितवनका सामुदायीक बनको अध्यक्ष पद जति कांग्रेसको पोल्टामा परेको देखिन्छ । राप्ती नगरपालिका १ नेकपाको पकट क्षेत्र मानिन्छ । निर्वाचित अध्यक्ष आचार्यले नेकपा निकटका विमलकान्त डल्लाकोटीलाई ६७ मतले पराजीत गरेको निर्वाचन समिति संयोजक हरि प्रसाद उप्रेतीले जानकारी दिए ।

वनको कार्यसमितिको कोषाध्यक्ष र एक सदस्य तथा लेखा समिति संयोजकमा भने नेकपाका उम्मेदवार विजयी भएका छन् । वनको शनिबार भएको अधिवेशनबाट अध्यक्षमा नेपाली कांग्रेस निकटका वासुदेव आचार्य निर्वाचित भएका छन् । नेकपा र नेपाली काग्रेशले प्यालन वनाएर निर्वाचनमा होमिएका थिए ।

उपाध्यक्षमा काग्रेश निकटकै टेककुमारी चालिसे ३०० मतका साथ विजयी हुँदा उनका प्रतिद्वन्द्वी मरिजमान तामाङले २९० मत पाए । सचिवमा काग्रेशकै दुर्गा रायमाझीले नेकपाकी सरु श्रेष्ठलाई पराजीत गरिन् ।

रायमाझीले ३०२ र श्रेष्ठले २४९ मत प्राप्त गरिन् । कोषाध्यक्षमा भने नेकपाका कुमार खड्काले नेपाली काग्रेशका राजकुमार रैलालाई पराजीत गरे । खड्काले ३०७ मत र रैलाले २७७ मत प्राप्त गरे ।

सहसचिवमा काग्रेशका सरोज गौतमले ३०२ र नेकपाकी जानुका वर्तौलाले २७९ मत प्राप्त गरिन् । सदस्यहरुमा काग्रेश निकटका राधा पौडेल, मुना श्रेष्ठ, कल्पना विक, अस्मिता लामिछाने र गीता तामाङ र नेकपाबाट नवराज रैला निर्वाचित भए ।

लेखा समिति संयोजकमा नेकपा निकटका रामहरी डल्लाकोटी निर्वाचित हुँदा दुई सदस्यमा कांग्रेस निकटका विजयी भए ।

तपाईको प्रतिक्रिया