
५ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
शलिकाराम पुडासैनी प्रकरणको मुद्दामा आइतबार थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतले जाहेरीकर्ता शालिकरामकी श्रीमती सम्झना पुडासैनी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं मुद्दा प्रतिवेदक दिपेन्द्र शाह र फरेन्सिक ल्याब नक्सालका प्रहरी नायब उपरीक्षक श्यामकुमार मण्डलको बकपत्र लिएको हो ।
२० साक्षीको पत्र अदालतमा पठाइएकामा आज ३ जनाको मात्रै बकपत्र सकिएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए । बाँकी वादी र प्रतिवादीका साक्षीको बकपत्र सोमबार हुने अदालतले जनाएको छ ।
यसैबीच पुडासैनी प्रकरणमा आरोपित न्यूज २४ टेलिभिजनका चर्चित पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई असोज ५ का लागि उपस्थित हुन आदेश गरेको थियो ।