महेश पाण्डे
रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

कृष्ण भिरमा जाम (२०५८) , हङ्कङ आईडिले (२०५९), माझीदाई पोखरा फेवातालको (२०६१), छम्म छम्म नाचिदेउ (२०६३), जुम्ला कालिकोटको (२०६४), बेसारेको मन छईन मुखमात्रै (२०६८), बारीमा बन्सो (२०७०), गल्कोटे साईलो (२०७२), सत्यकथा—दरबार जस्तै घर भएनि (२०७४), कल्ले चलायो (२०७६) लगाएतका चर्चीत नेपाली लोकदोहोरी गितहरु संगसंगै थारु भाषा, चेपाङ भाषा, भोजपुरी भाषा, तामाङ भाषा, गुरुङ भाषा लागाएतका सयौ गितमा आवाज दिई सकेका गायक हुन मिलन लामा ।

माता पदम कुमारी लामा, बुवा सुर्य बहादुर लामाका कान्छा सुपुत्रको रुपमा गायक मिलन लामाको जन्म भएको हो । उनका २ दाईहरु र ३ दिदि बहिनीहरु रहेकाछन् भने एक श्रीमती बिन्दु लामा र २ छोरा र २ छोरी रहेका छन् जस मध्य २ छोरा र १ छोरीको बिहे भैसकेको छ भने १ छोरीको बिहे गर्न बांकी रहेको छ ।

सानै देखि गित गाउन अब्बल थिए गायक मिलन लामा । त्यसैले त उनले आफ्नो यहि बानीलाई ब्यवसायीक बनाउने प्रयासमा अहिलेको जस्तो चर्चीत नहुदै आफ्नो ५ कठ्ठा जग्गा मात्र ५ लाख ७४ हजारमा बेचे जसको बजार मुल्य अहिले करिब ३ करोड भन्दा बढि छ । त्यतिले मात्र नभएर करिब १ कठ्ठा क्षेत्रफलमा रहेको उनको घर पनि बेचे अनि त्यहि घरमा भाडामा बसे । तर आफैले बेचेको घरमा घरबेटिले गरेको गनगन भावुक हुदै अझै सम्झन्छ उनि ।

गित संगितमा लाग्नु भन्दा अगाडि उनले धेरै ब्यवसायहरु र धेरै पेशा पनि अपनाए छन् । उनले गरेका ब्यवसाय र पेशामा केरा खेती, रेसम खेती र शिक्षक पेशा रहेको छन् । करिब १४ महिना त उनले टांडीको रेउकाई अफिसमा जागीर पनि गरे । यी सबै गर्दा पनि केही नभएपछि उनले सौराहामा चौतारी कल्चर हाउस भनेर खोले । तर त्यो पनि त्यति बेलाको द्धन्दग्रस्त बेलामा राम्रो चल्न सकेन र बन्द भयो । यी सबैको कारणले मानौ कि उनि कंगाल जस्तै भए । जसले गर्दा उनि केहि समय निकै बिरक्तिए र अब काठमाण्डौ जान्छु भन्ने सोचेर काठमाण्डौ गए ।

भनिन्छ रात पछि दिन अवश्य आउछ त्यस्तै भयो मिलनको जिवनमा पनि । उनलाई नजिकबाट चिन्ने केहि साथीहरुले गित गाउन र एल्बम निकाल्न सुझाव दिए । नेपालीको आवाज अनलाईनसंग कुराकानी गर्दै उनले भने “त्यो बेलामा अहिले जस्तो रेडियो, टिभी कहा थियोर सबै जना रेडियो नेपाल जानु पर्थो । त्यहा गयो पालो कहिले आउने कहिले निकै गारो थियो ।” तै पनि उनले हरेस खाएनन र त्यो बेलामा मुग्लीन काठमाण्डौ सडक खण्डको कृष्ण भिर भन्ने ठाउंमा धेरै पहिरो गई जाम बढि भई रहन्थ्यो त्यो जाममा पनि धेरै पटक परेका मिलनले त्यही जामलाई लोक भाकामा उतार्दै बि.सं. २०५८ सालमा “कृष्ण भिरमा जाम” एल्बम बजारमा ल्याए । उनको यो गितबाट उनि पहिलो पटक मिलन लामाबाट गायक मिलन लामाको रुपमा चिनीन थाले ।
आफ्नो पहिलो सफलताबाट दंग परेका मिलनले आफ्नो दोस्रो एल्बम २०५९ सालमा “माझिदाई पोखरा फेवातालको” निकाले जुन यति हिट भयोकि त्यस पछि उनलाई फुर्सदनै हुन छोड्यो मानौकी अब उनका सफलताका मात्र नभएर एतिहासीक सफलताका दिनहरु सुरुहुन थाल्यो ।

त्यसपछि उनि सांगेतिक भ्रमणको लागि बिदेश भ्रमणमा जान पाए । उनि अहिले बिश्वका करिब ३६ वटा देश पुगिसकेका छन् आफ्नो प्रस्तुती लिएर । त्यसमा यु.के. ७ पटक, हङकङ ५ पटक, कतार १३ पटक, कोरिया ९ पटक, अमेरिका ६ पटक रहेका छन् भने फेरि अमेरिकाको ४५ दिने भ्रमणको लागि उनि दशै अवधिभर उतै रहनेछन् । अहिले सम्म भिसा लगाएर ५ वटा पासपोर्ट पनि फेरि सकेका छन् मिलनले ।

२०६६ सालको कुरा हो उनि सांगेतिक भ्रमणको लागि युके गए त्यहिबाट अष्ट्रेलिया र त्यसपछि जापान । यसो गर्दा करिब बिश्वको एक फन्को मारेको बताउदै सो सांगेतिक प्रस्तुतीबाट करिब ३१ लाख रुपैया कमाए । तर दुःखको कुरा सो बेलामा त्यति पैसाले काठमाण्डौको राम्रो ठांउमा जग्गा पाएनन । र त्यसपछि केही कुनामा जग्गा किने र घर बनाए । अनि बचेको केहि पैसाले सौराहामा रहेका खोला नजिकै ११ कठ्ठा जग्गा किने । उनि भन्छन “धन्न मैले बेलैमा बुद्धि पुर्याएर यता जग्गा किनेछु नत्र बर्वाद हुने रहेछ, जे होस मैले गित गाएरनै आफैले सकाएको सम्पति फेरी जोडे ।”

करिब ९ वर्ष (२०६६—२०७२) सम्म काठमाण्डौमा बसेका मिलनलाई आफ्नो गाउँको मायाले सताउन थाल्यो अझ आफ्ना बुवा आमाले जन्माएको र हुर्काएको र मृत्यु वरण पनि गरेको ठांउमा जान मन लाग्यो र उनि चितवन, रत्ननगर—९, मोहना आफ्नै गाउमा फर्किए । उनि हामीलाई भन्दै थिए “बरु जेसुकै होस आफ्नो बुवाआमा मरेको ठाउमानै म पनि मर्न चाहान्छु ।”
मोफसलमा बसेर काम गर्न गाह्रो हुदैन भन्ने प्रश्नमा उनि भन्छन “त्यस्तो गाह्रो त केहि छैन, प्रविधिले बिश्व आफ्नै हातमा भनेझै भएको छ तरपनि अहिले सम्म यता तिर रेकडिङ स्टुडियो नभएका कारण बेलैमा गित बनाउ भने सकिदो रहेनछ ।”
अहिले उनले आफु बस्ने पुराने घर भत्काएर महल बनाएका छन् भने हामी पुग्दा पनि त्यहि घरको काममानै ब्यस्त देखिन्थ्ये । उनले अब तपाईको के ईच्छा छ भन्ने हाम्रो प्रश्नमा भन्दै थिए “कलाकार सधै चल्छन र सधै राम्रो कमाई हुन्छ भन्ने पनि हुदैन, सिजनमा यसो कमाउने हो त्यो बेला रातारात एक ठाउबाट अर्को ठाउमा जानुपर्ने हुन्छ त्यसैले गाडी आवश्यक छ तर नेपालमा भन्सार २०० प्रतिशत भन्दा बढि भएको कारणले गर्दा किन्न सकिएन यदि सरकारले कलाकारलाई भन्सारमा केहि छुट दिए ठुलो राहत हुन्थ्यो ।”
समग्रमा गायक मिलन लामाको जिवनीबाट हामीले जिवनमा धेरै कुरा सिक्न सक्छौ । मान्छेहरु सानो समस्याले गर्दा पनि डिप्रेसनमा जाने, आत्महत्या गर्ने लागएतका कामहरु गर्छन । तर यदि सहि समय के हो भनेर चिनेर समस्यालाई पनि आत्मसाथ गर्दै अगाडी बढ्ने बानी बनाईयो भने यसबाट छुटकारा पाउन त पक्कै सकिन्छ नी ?
अनि अर्को कुरा लोक तथा दोहोरी गायक मिलन लामालाई सफलताको हार्दीक मंगलमय शुभकामना नेपालीको आवाज अनलाईन टिमको तर्फबाट पनि ।

तपाईको प्रतिक्रिया