
७ असोज, काडमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
महेश पाण्डे
७ असोज, काडमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
गत भदौ ३१ गते अण्डा उत्पादक किसान र सप्लायर्सको बिशेष कार्यक्रमबाट गठित अण्डा बजार ब्यवस्थापन, अनुगमन एक्सन कमिटीले आफुलाई आक्रमक रुपमा प्रस्तुत गर्दै लगेको छ । नेपाल अण्डा उत्पादक संघले अण्डाको मुल्य तोक्ने गरेको भएतापनि त्यो नाम मात्रको भएपछि यसरी किसान र सप्लायर्स मिलेर उक्त कमिटी गठन गरिएको देखिएको छ । अहिले अनुगमन समितीले चितवनको आपटारीमा अण्डा लिएर काठमाण्डौ जाने गाडीहरुको चेकजांच तथा वजन गरेर साथै मुल्य सुचिको बिवरण हेरेर मात्र अण्डा पास हुन दिएको समितीका सदस्य बिनोद पोख्रेलले जानकारी दिए ।
यसैबिच नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले सोबवार काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायीबीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो । नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् ।
कायम भएको नयाँ मुल्य अनुसार विक्रिवितरण नगर्नेलाई कार्वाही गर्ने संघले जनाएको छ । आजै मुल्य लागु गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग अलग ७/७ सदस्ययी समिति गठन गरिएको छ ।
किसानहरु धेरै समयदेखि अण्डाको रेट नपाएर व्यवसायी धरासायी भएको अवस्थामा नेपाल दाना, अण्डा, कुखुरा वितरक संघले काठमाडौँमा आम उत्पादक, सप्लार्यसहरु भेला गरेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । अण्डाको रेटको लागि सबै मिलेर जादाँ रेट पाईन्छ भन्ने सोचले किसानहरुलाई अण्डाको रेटको विषयमा कार्यक्रम गरेको उनले बताए ।
कार्यक्रममा सहभागी किसान तथा सप्तार्यसहरुले अण्डा संघको विवादमा पक्ष विपक्ष हुदाँ समग्र पोल्ट्री क्षेत्रलाई असर गरेको निस्कर्श निकालेका छन् । भने मुल्य निर्धारण र अनुगमनका लागि आफै सर्वपक्षिय समिति समेत गठन गरेका छन् । उनीहरुले अण्डा विकाउने नाममा केहि खराब किसान र व्यवसायीकै कारण मुल्यमा आफु खुसी गर्दा समस्या परेको बताएका छन् ।
यसअघि भदौँ ३१ गते सोही संघले चितवनमा देशव्यापी रुपमा उत्पादक, सप्लार्यस, वितरकहरुको भेला राखी घट्दै २२० रुपैया पुगेको अण्डाको क्रेट रेटलाई वृद्धि गरि २५० किसान रेट कायम गरेका थियो ।
त्यसको कार्यान्वयनको लागि काठमाडौँको किसानहरुलाई जानकारी गराई काठमाडौँका किसानहरुले पाउने रेट २ सय ६५ रुपैया प्रति क्रेट हुन जान्छ संघको बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक विनोद पोख्रेरलले भने, ‘सोही रेट कार्यान्वयन गर्न अन्र्त्क्रिया कार्यक्रम आयोजना गरेको हौँ ।’
संघका अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरी रहेका थिए । कार्यक्रममा व्यवसायिक मञ्चका उपाध्यक्ष रघु भट्टले मुल्य निर्धारण मात्रै समस्याको समाधान नभई राज्यले निर्धारण गरे अनुसार उत्पादित अण्डाको जिम्मेवारी लिनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरीले सबै मिलेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै संघको कार्यक्रमको प्रशंसा गरे ।
अण्डाको बजार अनुगमन समितिका संयोजक मदन पोखरेलले देशका सबै व्यवसायि किसान तथा वितरकहरुसँग छलफल गरेर मूल्यमा एक रुपता ल्याउने बताएका छन् । कार्यक्रममा पोल्टी महासंघका उपाध्यक्ष अर्जुन कुमार अर्याल, राष्ट्रिय कुखुरा विक्रिवितरण संघका अध्यक्ष जंगबहादुर बेलबासे, व्यवसायिक मञ्चका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने लगायतको सहभागिता रहेको थियो ।