७ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
सामुदायिक वनलाई काठ दाउरा वितरण गर्ने संस्थाको रुपमा लिईन्छ । कतिपय वनहरु यस्तै पराम्परामा चलेका छन् । तर चितवनको राप्ती नगरपालिका ९ स्थित अमृतधारापानी सामुदायिक वन उपभोक्ता समुहले नेपाल सरकारले जस्तै आफ्ना उपभोक्ताहरुका लागि सामाजिक लगायत आर्थिक विकासको काम गर्दै आएको छ । भुकम्प पीडितलाई घर वनाउन जस्ता काम होस वा वृद्धवृद्धालाई भत्ता वितरण लगायत काम गर्दैै आएको वन समुहका अध्यक्ष प्रेम वहादुर रिमालले जानकारी दिए ।
काठ दाउराबाटै मनग्य आम्दानी गर्न सफल यस वनले आफ्नो सेवा क्षेत्र भित्र रहेका जेष्ठ नागरीकलाई वृद्धभत्ता वितरण,व्युटी पार्लर,वाईरिङ र पलम्वीङ तालिम दिदै आएको छ । २०७२ सालमा गएको भुकम्प पीडितहरुलाई निर्माण सम्पन्न भएको कागजपत्र ल्याए १० हजारका दरले सहयोग गरेको वनका अध्यक्ष रिमालले वताए । यस्तै आफ्नो सेवा क्षेत्र भित्र रहेका ४ वटा विद्यालयहरुलाई वार्षिक १,१ लाखका दरले अनुदान प्रदान आईरहेको पनि उनले वताए । यस वर्षदेखी एकल महिलाहरुलाई पनि सामाजिक सुुरक्षा भत्ता वितरण गर्ने योजना रहेको वनका कार्यालय सचिव लेखप्रसाद खरेलले वताए ।
वनले सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो सेवा क्षेत्र भित्रका विपन्न,गरिव वर्गको आथिक विकासका लागि गत वर्षदेखी पुँजीसहितको ठेलागाढा प्रदान गर्न सुरु गरेको छ । गत वर्षको कार्यक्रमलाई निरन्तरता दिदै मंगलवार ८ जना उपभोक्ताहरुलाई पुँजीसहितको ठेलागाढा वितरण गरेको छ ।
राप्ती ९ रसौलीका छविलाल सुनार, डाँडागाउँका रुपाकुमारी हमाल,अमृतपानीका इश्वर नेपाली, अमृतपानीकै स्मिता अधिकारी,खैरहनी ३ टुंगराकी कल्याणीदेवी उप्रेती,तेज वहादुर खरेल, खैरहनी ८ का रामलाल विक र विफला चौधरीलाई बीउ पुँजी स्वरुप ५ हजार रुपैया र १४ हजार वरावरको ठेलागाढा वितरण गरिएको वनका कार्यालय सचिव खरेलले वताए । सोही अवसरमा आरन व्यवसाय संचालन गर्दै आएका राम वहादुर विक र वुद्धिलाल विकलाई व्यवस्थित रुपमा आरन संचालन गर्न नगद १० हजारका दरले अनुदान वितरण गरिएको खरेलले जानकारी दिए । इलाका वन कार्यालय खैरहनीका प्रमखु सहायक वन अधिकृत विष्णु वहादुर केसी र वनका अध्यक्ष रिमालले उनीहरुलाई नगद र ठेला हस्तान्तरण गरेका थिए ।